रविवार, 6 दिसंबर 2015

बाह्य शक्तिको प्रभावले मुलुक कमजोर : सुजाता

Sujata-Koirala२० मंसिर, भीमदत्तनगर । नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले बाह्य शक्तिको प्रभावका कारण मुलुक कमजोर बन्दै गएकोप्रति चिन्ता व्यक्त गरेकी छन् । नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा अन्तर्राष्ट्रिय विभाग प्रमुखसमेत रहेकी कोइरालाले नेपाल प्रेस युनियन महाकाली अञ्चल समितिले कञ्चनपुरको भीमदत्तनगरमा आइतबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा मुलुक बचाउन राष्ट्रिय एकता आवश्यक रहेको धारणा राखिन् । उनले दिल्ली दौडमा रहेका मधेसी मोर्चाका नेताहरुलाई समस्या समाधानका लागि स्वदेशमै वार्ता र संवादमा आउन आग्रह गरिन् । उनले अहिलेकै अवस्थामा काँग्रेस चल्न नसक्ने भन्दै पार्टी समयअनुसार परिवर्तन गर्दै नयाँ शिराबाट लैजानुपर्ने विचार व्यक्त गरिन् । रासस 

कोई टिप्पणी नहीं: