वर्ल्ड नेवाः अर्गनाइजेसनका अध्यक्ष डा. श्रेष्ठ सम्मानित
साँखु (काठमाडौँ), २० मङ्सिर । वर्ल्ड नेवाः अर्गनाइजेसनका अध्यक्ष तथा अक्सफोर्ड युनिभर्सिटीमा अध्यापनरत डा. बालगोपाल श्रेष्ठ सम्मानित भएका छन् ।साँखुमा जन्मेर हुर्की बढेका डा. बालगोपाल श्रेष्ठलाई नेपालभाषा [नेवार] भाषा, साहित्य क्षेत्रमा गरेको योगदानको कदर गर्दै शनिबार यहाँ एक कार्यक्रममा सम्मान गरिएको हो । सो कार्यक्रममा नेपालभाषाका कवि गिरिजाप्रसाद जोशीका गीत–सङ्गीतबाट सभाहल गुञ्जिएको थियो ।
कार्यक्रममा गायक/सङ्गीतकारहरु नहकुल श्रेष्ठ, चन्द्रबहादुर माइला, प्रकाशमान सक्व, पुष्प श्रेष्ठ, रञ्जन श्रेष्ठलगायतका व्यक्तित्वले गीत–सङ्गीत प्रस्तुत गरेका थिए । उक्त अवसरमा सम्मानित व्यक्तित्व डा. बालगोपाल श्रेष्ठले नेवार समुदायको हकहितको आन्दोलन र मधेस आन्दोलन एकापसमा जोडिएको बताए । मधेस आन्दोलन सबै जनजातिहरुको पनि सम्मान र सरोकारको संघर्ष रहेको मत राख्दै डा. श्रेष्ठले मधेस आन्दोलनप्रति नेवार र अन्य जनजाति र समुदायको मौनता दु:खलाग्दो भएको विचार राखे ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें