शनिवार, 5 दिसंबर 2015

मधेश आन्दोलनको समर्थनमा अस्ट्रेलियन संसद भवन अगाडि भव्य प्रदर्शन

madhes-australia-demo2मंसिर १९ । अष्ट्रेलियाको विभिन्न शहरमा बसोबास गर्दै आएका नेपालीहरुले मधेश आन्दोलनप्रति समर्थन जनाउँदै आन्दोलनको क्रममा भएका मानव अधिकारको हननको विरुद्धमा अष्ट्रेलियाको संसद भवन अगडि प्रदर्शन गरेका छन् ।
अष्ट्रेलियामा बसोबास गर्दै आएका नेपालीहरुको विभिन्न संघ संस्थाको आयोजनामा भएको सो कार्यक्रम १२:०० बजे शुरु भइ १४:०० बजे सम्पन्न भएको थियो । सो कार्यक्रममा वक्ताहरुले मधेसमा भैरहेको आन्दोलनप्रति सरकार गम्भीर नरहेको, आन्दोलनकारीलाई समातेर गोलि हानि मारिएको जस्ता अपराधिक क्रियाकलापमा सरकार लागेकोले सरकारको सो कदम को विरोध गरेका थिए ।


madhes-australia-demo3मधेस आन्दोलनको ११३ दिन बितिसक्दा पनि सरकारबाट आन्दोलनरत पक्षसँग वार्ताको कुनै ठोस पहल नभएको र आन्दोलनको क्रममा मानवअधिकारको न्युनतम मापदण्डसमेत पालना नभएको पनाइएकोले मानवअधिकार रक्षाको लागि मानवअधिकारवादी संघ संस्थाहरु संघ जोडदार आवाज उठाउन अनुरोध गरेका छन् ।

कार्यक्रममा बोल्दै मधेस, जनजाति, थारु लगायतका विभिन्न समस्याहरु देशको आन्तरिक समस्या भएकोले वार्ताबाट तुरुन्त समाधान गर्न नेपाल सरकारलाई ध्यानाकर्षण गराएका थिए । सो कार्यक्रमपश्चात अष्ट्रेलियन विदेश मन्त्रालय र मानवअधिकारलाई मधेस आन्दोलनबारे मौखिक तथा लिखित जानकारी गराएका थिए ।

कोई टिप्पणी नहीं: