पोखरा, मंसिर १९ । पहिचान र अधिकारको आन्दोलनमा रहेको तमुवान संयुक्त संघर्ष समिति, तमुवान प्रदेश र मगराँत संघर्ष समिति मगराँत प्रदेशले आन्दोलनलाई मोर्चाबन्दी गर्दै शुरु गरेको आन्दोलन अन्तर्गत मंसिर २८ गते पोखरामा आयोजना गरिने तमुवान—मगरात प्रदर्शन तथा सभामा तमु धिं नेपालको बृहत सहभागिता रहने भएको छ ।
तमु धिं नेपालको शुक्रवार सम्पन्न बैठकले ल्होछार तयारीका विविध निर्णयहरुका साथै तमुवान प्राप्ति, तमु जातिको पहिचान र अधिकारका लागि आयोजना गरिने तमुवान—मगरात प्रर्दशन तथा सभामा तमु धि नेपाल र तमु धिं नेपालअन्तर्गत रहेको ४५ समाजहरु तमु भेषभुषा र व्यानरसहित सहभागिता हुने निर्णय गरेको हो । तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले भने, ‘नयाँ संविधानमा तमुहरुको अधिकार संशोधन गरेर भएपनि सुनिश्चित गरिनुपर्दछ ।’ तमुवानको आन्दोलन कुनै पार्टी राजनीति नभई सामुदायिक अधिकार प्राप्तिको अभियान भएकाले पार्टीभन्दा माथि उठेर तमुको पहिचान, अधिकारका लागि सबै जुट्नुपर्ने उनको भनाइ थियो ।
तीन महिना अघिदेखि तमु धिं नेपालका कार्यसमिति सदस्य तथा प्रचारप्रसार संयोजक हुमबहादुर गुरुङको संयोजकत्वमा भइरहेको तमुवान आन्दोलनमा तमु धिं नेपालले संस्थागत निर्णय गर्दै मंसिर २८ गते पोखरामा हुने प्रर्दशन र सभामा तमुहरुको बृहत सहभागित गराउने निर्णय गरेको तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले जानकारी दिए ।
तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले भने, ‘नयाँ संविधानमा तमुहरुको अधिकार संशोधन गरेर भएपनि सुनिश्चित गरिनुपर्दछ ।’ तमुवानको आन्दोलन कुनै पार्टी राजनीति नभई सामुदायिक अधिकार प्राप्तिको अभियान भएकाले पार्टीभन्दा माथि उठेर तमुको पहिचान, अधिकारका लागि सबै जुट्नुपर्ने उनको भनाइ थियो ।
तमु धिं नेपालका वरिष्ठ सल्लाहकार सन्तबहादुर गुरुङले तमु समुदायकै लागि भइरहेको आन्दोलनमा तमु धिं नेपालको सहभागिताका जरुरी रहेको बताए । उनले मंसिर २८ गते तमुहरुले पोखरा ढाकिनुपर्छ भने । वरिष्ठ सल्लाहकार गुरुङले विगतदेखि पोखरामा सामुहिक रुपमा मनाउँदै आएको ल्होछार अहिले पनि सामुहिक रुपमा मनाउनुपर्नेमा ढिलाइ भइरहेकोले तमु धिं नेपालले पहल गर्नुपर्नेमा जोड दिए । उनले प्र ल्होछारको कार्यक्रम अन्तर्गत नयाँ संविधानमा तमु लगायत आदिवासी जनजातिका अधिकारको व्यवस्थाका बारेमा बृहत अन्तर्क्रिया जरुरी रहेको बताए ।
बैठकमा तमुवानको आन्दोलनमा सबै तमुहरुको संस्थागत सहभागीता रहनु पर्नेमा तमु समाजका अध्यक्षहरुले जोड दिएका थिए ।
बैठकमा तमु धिं नेपालका खेलकुद संयोजक तेज गुरुङ प्र ल्होछारको अवसरमा आयोजना गरिने अन्तर तमु समाज भलिवल प्रतियोगिता, तमु समाज युके सडक दौड प्रतियोगिता र भिमबहादुर गुरुङ छेलो प्रतियोगिताको तयारीका बारेमा जानकारी गराएका थिए । बैठक तमु धिं नेपालकी अध्यक्ष कर्म तमुको अध्यक्षतामा सम्पन्न भएको थियो ।
पहिचान र अधिकारको आन्दोलनलाई मोर्चाबन्दी गर्दै तमुवान र मगराँत संघर्ष समितिले मंसिर १७ गते विहीवार प्रमुख जिल्ला अधिकारी मार्फत राष्ट्रपति, प्रधानमन्त्री र सभामुखलाई ज्ञापनपत्र पठाउने निर्णय बमोजिम तमुवान र मगरातका जिल्लाहरुबाट १२ बुँदे मागसहितको ज्ञापनपत्र पठाएको थियो ।
तमु धिं नेपालको शुक्रवार सम्पन्न बैठकले ल्होछार तयारीका विविध निर्णयहरुका साथै तमुवान प्राप्ति, तमु जातिको पहिचान र अधिकारका लागि आयोजना गरिने तमुवान—मगरात प्रर्दशन तथा सभामा तमु धि नेपाल र तमु धिं नेपालअन्तर्गत रहेको ४५ समाजहरु तमु भेषभुषा र व्यानरसहित सहभागिता हुने निर्णय गरेको हो । तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले भने, ‘नयाँ संविधानमा तमुहरुको अधिकार संशोधन गरेर भएपनि सुनिश्चित गरिनुपर्दछ ।’ तमुवानको आन्दोलन कुनै पार्टी राजनीति नभई सामुदायिक अधिकार प्राप्तिको अभियान भएकाले पार्टीभन्दा माथि उठेर तमुको पहिचान, अधिकारका लागि सबै जुट्नुपर्ने उनको भनाइ थियो ।तीन महिना अघिदेखि तमु धिं नेपालका कार्यसमिति सदस्य तथा प्रचारप्रसार संयोजक हुमबहादुर गुरुङको संयोजकत्वमा भइरहेको तमुवान आन्दोलनमा तमु धिं नेपालले संस्थागत निर्णय गर्दै मंसिर २८ गते पोखरामा हुने प्रर्दशन र सभामा तमुहरुको बृहत सहभागित गराउने निर्णय गरेको तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले जानकारी दिए ।
तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले भने, ‘नयाँ संविधानमा तमुहरुको अधिकार संशोधन गरेर भएपनि सुनिश्चित गरिनुपर्दछ ।’ तमुवानको आन्दोलन कुनै पार्टी राजनीति नभई सामुदायिक अधिकार प्राप्तिको अभियान भएकाले पार्टीभन्दा माथि उठेर तमुको पहिचान, अधिकारका लागि सबै जुट्नुपर्ने उनको भनाइ थियो ।
तमु धिं नेपालका वरिष्ठ सल्लाहकार सन्तबहादुर गुरुङले तमु समुदायकै लागि भइरहेको आन्दोलनमा तमु धिं नेपालको सहभागिताका जरुरी रहेको बताए । उनले मंसिर २८ गते तमुहरुले पोखरा ढाकिनुपर्छ भने । वरिष्ठ सल्लाहकार गुरुङले विगतदेखि पोखरामा सामुहिक रुपमा मनाउँदै आएको ल्होछार अहिले पनि सामुहिक रुपमा मनाउनुपर्नेमा ढिलाइ भइरहेकोले तमु धिं नेपालले पहल गर्नुपर्नेमा जोड दिए । उनले प्र ल्होछारको कार्यक्रम अन्तर्गत नयाँ संविधानमा तमु लगायत आदिवासी जनजातिका अधिकारको व्यवस्थाका बारेमा बृहत अन्तर्क्रिया जरुरी रहेको बताए ।
बैठकमा तमुवानको आन्दोलनमा सबै तमुहरुको संस्थागत सहभागीता रहनु पर्नेमा तमु समाजका अध्यक्षहरुले जोड दिएका थिए ।
बैठकमा तमु धिं नेपालका खेलकुद संयोजक तेज गुरुङ प्र ल्होछारको अवसरमा आयोजना गरिने अन्तर तमु समाज भलिवल प्रतियोगिता, तमु समाज युके सडक दौड प्रतियोगिता र भिमबहादुर गुरुङ छेलो प्रतियोगिताको तयारीका बारेमा जानकारी गराएका थिए । बैठक तमु धिं नेपालकी अध्यक्ष कर्म तमुको अध्यक्षतामा सम्पन्न भएको थियो ।
पहिचान र अधिकारको आन्दोलनलाई मोर्चाबन्दी गर्दै तमुवान र मगराँत संघर्ष समितिले मंसिर १७ गते विहीवार प्रमुख जिल्ला अधिकारी मार्फत राष्ट्रपति, प्रधानमन्त्री र सभामुखलाई ज्ञापनपत्र पठाउने निर्णय बमोजिम तमुवान र मगरातका जिल्लाहरुबाट १२ बुँदे मागसहितको ज्ञापनपत्र पठाएको थियो ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें