शनिवार, 5 दिसंबर 2015

संविधान कार्यान्वयनमा नआउँदा सबैले हार्छन्ः गगन थापा

नवराज पथिक १९ मंसिर, रामेछाप । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगन थापाले नयाँ संविधान कार्यान्वनमा नआए देश संकटमा फस्ने बताएका छन् । थापाले संविधान असफल हुँदा सबैले हार्ने बताए ।
Gagan-Thapa-Ramechap Programmeनेपाली कांग्रेस क्षेत्र नंं १ रामेछापद्वारा सदरमुकाम मन्थलीमा आयोजना गरिएको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले संविधान कार्यान्वयनमा नआएमा प्राप्त सबै उपलब्धि गुम्ने खतरा रहेको बताए । ‘यो संविधान असफल हुँदा काँग्रेस, एमाले र माओवादीले मात्र हैन, मधेस केन्द्रित दलले पनि हार्छन् । यो संविधान असफल भयो भने फेरी लोकतन्त्रका लागि संघर्ष गर्नु पर्ने अवस्था आउन सक्छ’- थापाले भने ।
कार्यक्रममा बोल्दै थापाले संविधानमा भएका कमजोरीलाई सच्याउँदै अघि बढे मात्रै देशले निकास पाउने बताए । संविधान संसोधनबाट अन्य कुराहरु टुङ्ग्याएर सिमाङ्कनको विषलाई भने छलफल र वहसमा लैजानु अहिलेको निकास भएको उनको भनाई थियो । थापाले भारतले अहिले गरेको व्यवहारबाट देशले पाठ सिक्नु पर्ने पनि बताए । भारतको व्यवहारबाट अहिले आवेसमा आएर गालि गर्ने र फेरी सेलाएर जाने भन्दा पनि अब भारतसंगको सम्बन्धलाई नयाँ किसिमले परिभाषित गरी अघि बढ्नु पर्ने थापाको भनाई थियो ।

कोई टिप्पणी नहीं: