२ पुस, काठमाडौं । उपत्यकामा सवारी जाम बढ्न थालेको छ । भारतबाट तस्करी भएर आउने इन्धनका कारण सडकमा सवारीसाधनको चाप बढेको छ । उपत्यकामा सवारीसाधनको संख्या सामान्य अवस्थातर्फ उन्मुख भइरहेको ट्राफिक प्रहरीले जनाएको नयाँ पत्रिकामा खबर छ ।
महानगरीय प्रहरी महाशाखाका एसपी पोषराज पोखरेलका अनुसार सामान्य अवस्थाभन्दा करिब ७० प्रतिशत सवारीसाधन चलेका छन् । ‘कोटेश्वर, कलंकीजस्ता स्थानमा जाम हुन थालेको छ,’ उनले भने ‘सडकमा सवारीको चाप दिनप्रतिदिन बढ्दो छ ।’ पर्सा, चितवन, झापा, भैरहवालगायतका नाकाबाट तस्करी हुने इन्धनका कारण यसरी सवारीसाधनको संख्या बढेको हो । विभिन्न प्रहरी निकायबाट लिइएको तथ्यांकअनुसार उपत्यकामा मात्रै दैनिक ५० हजार लिटर तस्करीको इन्धन भित्रने गरेको छ ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें