गुरुवार, 17 दिसंबर 2015

पदको दुरुपयोग गरेका पूर्वमन्त्री पराजुलीबाट खर्च असुल

काठमाडौँ, २ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन कृषि विकासमन्त्री हरिप्रसाद पराजुलीले पदको दुरुपयोग गरी गैरकानुनी रुपमा गरेको खर्च असुल गरेको छ । पूर्वमन्त्री पराजुलीले आफ्ना छोरा गिर्वाणविक्रम पराजुलीलाई गैरकानुनी तरिकाले अष्ट्रेलिया भ्रमणमा पठाएका सम्बन्धमा आयोगमा उजुरी परेपछि आयोगले सो सम्बन्धमा अनुसन्धान गरी रकम असुल गरेको आयोगद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
पदको दुरुपयोग गरेका पूर्वमन्त्री पराजुलीबाट खर्च असुलअनुसन्धानका क्रममा तत्कालीन मन्त्री पराजुलीले आफै मन्त्रिस्तरीय निर्णय गरी वनकटवा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड बाँकेमा सेयर सदस्य रहेका आफ्ना छोरालाई दुग्ध विकास संस्थानको खर्चमा अष्ट्रेलिया भ्रमणमा पठाएको तथ्य फेला परेको थियो । उनको भ्रमणबाट दुग्ध विकास संस्थानलाई परेको रु. दुई लाख ६० हजार आर्थिक व्ययभार आयोगको निर्देशनपछि असुल गरिएको आयोगले जानकारी गराएको छ ।

कोई टिप्पणी नहीं: