गुरुवार, 17 दिसंबर 2015

एमालेका दुई हजारभन्दा बढी नेता बेरोजगार

२ पुस, काठमाडौं । नेकपा एमालेका दुई हजारभन्दा बढी नेता बेरोजगार भएका छन् । महाधिवेशनपछि पार्टी सरकारमा गए पनि हजारौ नेताले पार्टीभित्रै काम पाउन नसकेको नयाँ पत्रिकामा खबर छ । एमालेले केन्द्रीय विभागहरुको संख्या बढाएर ३१ पुर्‍याएको छ । एउटा विभागमा कम्तीमा २५ नेता सदस्य हुन्छन् । विभागहरुले पूर्णता पाउँदा सात सय ७५ नेताले काम पाउँथे । तर, महाधिवेशन भएको १७ महिना बित्दा पनि विभागहरुले पूर्णता पाउन सकेका छैनन । त्यस्तै पार्टीको उपत्यका र प्रवाससहित १६ अञ्चल कमिटी छन् । तर, कसैले पनि पूर्णता पाएका छैनन । अञ्चल कमिटीमा ६५ सम्म सदस्य रहनसक्ने व्यवस्था छ । यस हिसाबले अञ्चल कमिटीमा एक हजारभन्दा धेरै नेतालाई व्यवस्थापन गर्न सकिन्थ्यो ।

कोई टिप्पणी नहीं: