रविवार, 27 दिसंबर 2015

महतो कुटिएको विरोधमा संसदमा नाराबाजी

१२ पुस, काठमाडौं । विराटनगरमा भएको झडपमा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो घाइते भएको विरोधमा मधेसी मोर्चामा आवद्ध सांसदहरुले संसद बैठकमा नाराबाजी गरेका छन् । मधेसी मोर्चाको नाराबाजीका बीच बैठक चलिरहेको छ ।
Samsad-narabajiगृहमन्त्री शक्ति बस्नेतले जनकपुर घटनाबारे जानकारी दिइरहेका छन् । आइतबार संसदको बैठक सुरु भए लगतै मधेसी मोर्चाका सांसदहरु उठे र सभामुख ओनसरी घर्तीले सद्भावना पार्टीका सांसद नरसिंह चौधरीलाई समय दिए । उनले विराटनगरमा धर्नामा बसेकाहरुमाथि सरकारले बर्बरतापूवर्क दमन गरेको भन्दै आलोचना गरे । महतोसहितका नेताहरुमाथि चरम दमन भएको भन्दै उनले भने-‘ताण्डवनृत्य भएको छ । लोकतन्त्रको मजाक उडाइएको छ ।’ उनले अघि भने-हामी यो देशको नागरिक होइनौं ?’ उनले विराटनगर घटनामा सरकारले माफी माग्नु पर्ने बताए । सद्भावनाका सांसद चौधरी बोलिरहँदा प्रधानमन्त्री केपी ओली र गृहमन्त्री शक्ति बस्नेत भनते कानेखुसी गरिरहे ।  

कोई टिप्पणी नहीं: