सोमवार, 28 दिसंबर 2015

दोलखाको ‘फिल्म सिटी’ गोरखातिर सार्ने प्रधानमन्त्रीको योजना !

१३ पुस, काठमाडौं । काम कम र गफ बढी गरेको आरोप जतिसुकै खेप्नु परे पनि प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो शैलीमा अडिग छन् । हावाबाट बिजुली निकाल्नेदेखि काठमाडौंमा विद्युतीय रेल चलाउनेसम्मका सपना बाँड्दै आएका प्रधानमन्त्रीले सोमबार एउटा फिल्मी कार्यक्रममा अन्तर्राष्ट्रिय स्तरको फिल्म सिटी निर्माणको परिकल्पना सुनाए ।
oli-ffmt-bimochanगोरखाको पश्चिम तटीय भूभाग, तनहुँको पूर्वी मर्स्याङ्दी किनार, लमजुङको दक्षिण, गोरखाको पालुङटार, तनहुँको चुँदीरम्घामा एकाधवर्षभित्रै स्मार्टसिटी निर्माण गर्ने प्रधानमन्त्रीले बताए । ‘स्मार्ट सिटीमा अत्यन्तै सुविधासम्पन्न अन्तराष्ट्रियस्तरको फिल्म सिटी पनि बनाउने योजना छ । अब अर्को पुस्तामा होइन, आफ्नै पुस्तामा केही वषभित्रै तपाईहरुले आफ्नो सीप कलालाई मुखरित गर्ने अवसर पाउनुहुन्छ,’ सोमबार बालुवाटारमा प्रधानमन्त्रीले भने । प्रधानमन्त्री ओली सोमबार चलचित्र ‘फूलैफूलको मौसम तिमीलाई’ चलचित्रको अडियो-भिडियो विमोचन गर्दैथिए । यसक्रममा ओलीले दोलखामा बनाउने भनिएको फिल्म सिटी तनहुँमा सार्नुपर्ने प्रस्ताव गरेका हुन् । दोलखामा फिल्म सिटी बनाउने यसअघिको सरकारी योजनालाई उनले अव्यवहारिक संज्ञा दिए । उनले आफ्नै ठट्यौलो शैलीमा भने, ‘दोलखाको डाँडामा राख्ने कुरा उपयुक्त छैन । हप्तामा दुई दिन, दुई घण्टा घाम लाग्छ ।

 हिरोसँग साहैं रीस उठेका बेला हिरोइनलाई खोलामा हामफाल्ने पनि ठाउँ छैन । हिरोले बचाउनु पनि पर्‍यो । त्यहाँ झोलुङ्गे पुल पनि चाहियो । गाडीमा माइत हिडेँ भनेर स्वात्त चढ्ने बाटो पनि चाहियो ।’ प्रधानमन्त्री ओलीले नेपाललाई कसैले हेप्न र होच्याउन नसक्ने गरी सम्बृद्ध बनाउनुपर्ने आवश्यकता औंल्याए । यद्यपि, नेपालमा आफू काम नगर्ने, अरुलाई काम गर्न नदिने, कुरा काट्ने प्रवृत्ति अत्यधीक रहेको गुनासोसमेत सुनाए । ‘यिनै प्रवत्तिहरुलाई तोड्न म यस ठाउँमा आएको छु,’ प्रधानमन्त्रीले भने, ‘अहिलेको अहिल्यै हलिउडको स्तरमा पुर्‍याउने कुरा गर्न चाहन्न । तर, आफ्नो स्तरबाट तिव्रताका साथ अघि बढ्छौं ।’ 

कोई टिप्पणी नहीं: