रविवार, 27 दिसंबर 2015

आदिवासी जनजाति आन्दोलनले चन्द्रगुप्त मौर्य र पृथ्वीनारायण शाहबाट पो सिक्ने कि ?

आदिवासी जनजातिको जनसंख्या ३६ प्रतिशता भए तापनि वा भौगोलिक रुपमा धेरै भेगहरु ओगटे पनि यी जातिहरुकोे विशेषतया राम्रा र उत्प्रेरक कुराहरुलाई नेपाली मूलधारको मिडियाले कमै स्थान दिएकोे सर्वविदितै छ । लेख्न, देखाउन या सुनाउन योग्य केही नभएर वा नगरेको भनाइ म पत्याउँदिन तर यी मिडियाहरुको नियत नै यस्तै होे भन्न पनि म सक्दिन ।
आदिवासी जनजाति आन्दोलनले चन्द्रगुप्त मौर्य र पृथ्वीनारायण शाहबाट पो सिक्ने कि ?यस्तो अवस्थामा नेपालको आदिवासी जनजातिको विषयको समाचार अनलाइन मिडियाहरुले भए पनि साथ दिएको हुनाले यी समूहको क्रियाकलाप बुझ्नुलाई अनलाइन मिडिया विशेष रुपमा नियाल्छु । यसै क्रममा केही अनलाइन पत्रिकाहरु हेर्दा देखिन्छ कहिले संघीय लिम्बुवानले गरेको अनिश्चितकालिन आन्दोलनको कुरा त, कहिले कलात्मक विद्रोहबाट ताम्सालिङ लिन्छौं भन्ने कुरा । कहिले बालुवाटार घेराउ त कहिले तमुवान–मगरातको पोखरामा बृहत् आमसभा, थारुवानको सशक्त संघर्ष आदि इत्यादि यस्ता निकै भावनात्मक र उत्तेजनात्मक समाचारहरुले राम्रो स्थान पाएको देखिन्छ ।

आदिवासी जनजाति तथा पिछडिएको वर्गको मूक्तिको लागि चाणक्यको सिकाइलाई आत्मसात् गरी युद्ध छेउ (ससानो पहल)बाट लड्ने हो भने सफलता हात पार्नेमा कुनै दुईमत देखिन्न । अन्यथा जबसम्म मुर्ख्याइँको रुपमा सिधा केन्द्रमा हमला हुन्छ, तबसम्म हार हाम्रो अभिन्न सत्य रहिरहने छ ।
यसो हिजोका दिनहरुलाई फर्केर हेर्दा राज्यशक्तिलाई चुनौती दिने जमर्को धेरै पटक गर्न खोजेको देखिन्छ । तर यस्तो जमर्कोको सुनुवाइको त के कुरा ध्यानाकर्षणसमेत नभएको देख्दा कता कता अनियन्त्रित भावनात्मक बहावमा नाचेजस्तो मात्र देखिन्छ । अन्यथाः अर्थ नलागोस् कि यस्ता कामको कुनै अर्थ छैन भनेर । तर, वास्तविकतामा यस्तो कामले हालसम्म कुनै सार्थक परिणाम ल्याएको छैन र ल्याउँदा पनि ल्याउँदैन ।
भारतजस्तो ठूलो राष्ट्रको साथमा तराईबासी नेपालीहरुले विगत ३–४ महिनादेखि लगातार रुपमा नाका अवरोध गरेर काठमाडौंको जनजीवन नै अस्तव्यस्त बनाउँदा त राज्यसत्ताले टेरपुच्छर लगाएन भने आदिवासी जनजातिले गरेको ठूलो हल्ला र फाटफुटे आन्दोलनको असरको गणना त कुरै छाडौं सुरक्षाकर्मीले पनि यिनीहरुको आन्दोलनमा त नाचगान पनि हुन्छ, उभिएर हेर्न पनि रमाइलो हुन्छ भनेर ठट्टामा उडाउँछन् । यस्तो अवस्थाको आन्दोलनलाई फेरि पनि चन्द्रगुप्तमौर्यबाट केही सिक्न सकिने प्रसंगलाई जोड्ने चेष्टा गरेको छु ।
चाणक्यले त्यस समयको भारतको सबैभन्दा शक्तिशालि मगध राज्यको राजा, धनानन्दलाई सार्वजनिक रुपमा चुनौति दिएको पाइन्छ । उनले जबसम्म यस राज्यको राजगद्दीबाट धनानन्दलाई हटाएर एक कुशल राजलाई गद्दी रोहन गराउँदिन तबसम्म आफ्नो शिखा नबाँध्ने प्रण गरेका थिए ।
आदिवासी जनजाति तथा पिछडिएको वर्गहरुका नेताहरुले विविध मञ्चमा चुनौति त दिएको हामी धेरै पाउँछौं तर चाणक्यले जसरी जोखिम आफुमा केन्द्रित राखेको भने पटक्कै देखिन्न । चाणक्यले आफ्नो चुनौति र सपनाको सार्थकताको निम्ति विरलै काम बाँकी राखेका थिए । धेरै वर्षको संघर्ष, मेहनत र तयारीपश्चात निर्णायक आक्रमण गरे तर दर्भाग्यवश युद्घमा असफलता हात परेको थियो ।
नेपालमै पृथ्वीनारायण शाहले पनि चाणक्यले झैं गरेका थिए । उनले सिधै काठमाडौं या शक्तिशाली राज्यहरुलाई आक्रमण नगरी छेउछाउका ससाना शक्तिहरुमाथि विजय प्राप्त गरेर आफ्नो शक्ति बृद्धि गर्दै लगेको पाइन्छ ।
हारबाट स्वयं चाणक्यलाई गहिरो चोट पुगेको थियो जसबाट बाहिर आउन चन्द्रगुप्तलगायत उनका सहयोगीले धेरै मेहनत गरेको देखिन्छ । हारको कारण र अबको बाटो पहिल्याउन चाणक्यले धेरै संघर्ष गरेको देखिन्छ र अन्त्यमा उनले एउटा गरिब परिवारमा (जसले उनीहरुलाई शरण दिएको थियो) घटेको घटनाबाट प्रेरणा लिएको देखिन्छ कि “खाना खाँदा सिधै बीचमा हात हाल्यो भने पोल्छ तर विस्तारै छेउबाट सुरु गर्‍यो भने जस्तोसुकै तातो खाना पनि खान सकिन्छ ।”
हो, आदिवासी जनजाति तथा पिछडिएको वर्गले गरेको आन्दोलनको अवस्था यस्तै भएको देखिन्छ । तयारी के कति गर्‍यो, आफ्नो ठाउँमा हिसाब गरौंला तर युद्ध सत्तासँग नै छेडेको देखिन्छ । अनि सिधा शक्तिकेन्द्रलाई झड्का दिने किसिमको क्रियाकलाप गर्न खोजेजस्तो देखिन्छ, चाहे त्यो तराईबासीले होस् चाहे त्यो लिम्बुवान वा नेवारले होस् । तर हालत चाणक्यको झैं असफल ।
नेपालमै पृथ्वीनारायण शाहले पनि चाणक्यले झैं गरेका थिए । उनले सिधै काठमाडौं या शक्तिशाली राज्यहरुलाई कहिल्यै आक्रमण गरेनन् । उनले पहिला छेउछाउका ससाना शक्तिहरुमाथि विजय प्राप्त गरेर आफ्नो शक्ति बृद्धि गर्दै लगेको पाइन्छ । शक्ति, साहस र विविध हारको अनुभव र साम, दाम, दण्ड र भेदको नीतिलाई चाहे पृथ्वीनारायणले होस् वा चाणक्यले पनि अंगिकार गरेको पाइन्छ र विशेष समयको अवसरमा आक्रमण गरेर मात्र सफलता हासिल गरेको देखिन्छ ।
तसर्थ नेपाल भूमिको लागि, आदिवासी जनजाति तथा पिछडिएको वर्गको मूक्तिको लागि चाणक्यको सिकाइलाई आत्मसात् गरी युद्ध छेउ (ससानो पहल)बाट लड्ने हो भने आदिवासी जनजाति तथा पिछडिएको वर्गले पनि चाणक्यले जस्तो सफलता हात पार्नेमा कुनै दुईमत देखिन्न । यो खुला ज्ञान यस अर्थमा उपयोगी देखिन्छ कि उद्देश्य केन्दको भए पनि तयारी छेउबाट गर्नुपर्छ । अन्यथा जबसम्म मुर्ख्याइँको रुपमा सिधा केन्द्रमा हमला हुन्छ, तबसम्म हार हाम्रो अभिन्न सत्य रहिरहने छ ।

कोई टिप्पणी नहीं: