काठमाडौं, ८ पुस । नेकपा संयुक्तले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । दुई दिनदेखि काठमाडौंमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सरकारका काम कारबाही सन्तोषजनक नभएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । सरकारले जनताको आधारभुत समस्याको समाधान गर्न नसकेको र छिमेकीसँगको सम्बन्धममा पनि सुधार ल्याउन नसकेकाले सरकारलाई समर्थन गर्नुको औचित्य सकिएको नेकपा संयुक्तका संसदिय दलका नेता जयदेव जोशीले जानकारी दिनुभयो । व्यवस्थापिका संसदमा नेकपा संयुक्तका तीन जना सांसद रहेका छन् ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें