बुधवार, 23 दिसंबर 2015

नयाँ शक्तिमा लागेका २२ नेतालाई एमाओवादीको कारबाही

८ पुस, काठमाडौं । एकीकत नेकपा माओवादीले ‘नयाँ शक्ति’मा लागेका २२ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको छ ।  ओवादीले नेपालको संविधानअनुसारको प्रादेशिक संरचनाका आधारमा पार्टीको सङ्गठनात्मक प्रणालीलाई अवलम्बन गरेको छ ।
Mao-Officeकेन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार बसेको केन्द्रीय समितिको बैठकले पार्टीविरुद्ध गतिविधि गरेको भन्दै स्थायी समिति सदस्य देवेन्द्र पौडेल, नेताहरु रामचन्द्र झा, गङ्गानारायण श्रेष्ठ, नवराज सुवेदी, हिसिला यमी, रामकुमार शर्मालगायत २२ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको छ ।
संविधानमा समेत हस्ताक्षर नगरेका र पार्टीको बैठकमा समेत भाग लिन आनाकानी गर्दै आएका पोलिटब्यूरो सदस्य प्रभु साहलाई अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । ‘‘पटक–पटक सोधिएको स्पष्टीकरणको जवाफ साहले नदिनु भएको अवस्थामा उहाँलाई पुनः अन्तिम पटक स्पष्टीकरण लिने निर्णय भएको छ”, प्रवक्ता दिनानाथ शर्माले भने ।

एमाओवादीले संविधानले तोकेको सात प्रदेशको सङ्गठनात्मक संरचना तयार पार्ने निर्णय छ । विगतमा एमाओवादीले आफ्नै संरचनाअनुसार १३ वटा राज्य समिति बनाएको थियो ।
विगतको संरचनालाई परिवर्तन गरेर संवैधानिक प्रावधानअनुसारको संरचना बनाउने प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए । प्रचण्डको प्रस्तावलाई बैठकले पारित गरेको छ । प्रस्ताव पारित भएपछि एमाओवादीले पार्टी विधानसमेत संशोधन गर्नुपर्ने भएको छ ।
पार्टी विधान संशोधन गर्न केन्द्रीय समितिको विस्तार बैठक बोलाउने वा अन्य कुनै उपायबाट अगाडि जाने भन्ने विषयमा आवश्यक निर्णय गर्नुपर्ने हुन्छ । नयाँ सङ्गठनात्मक संरचनाअनुसार प्रदेशमा इन्चार्ज, सचिव र सहसचिवको समेत व्यवस्था गरिनेछ । प्रदेशअन्तर्गत रहेका जिल्ला समितिको संरचना भने विद्यमान संरचनाअनुसार नै रहनेछ ।
एमाओवादीको केन्द्रीय समितिको बैठकले थारू, आदिवासी तथा जनजाति समुदायबाट केही नेतालाई केन्द्रीय समितिमा मनोनयन गर्ने तयारी गरेको छ । रासस 

कोई टिप्पणी नहीं: