गुरुवार, 10 दिसंबर 2015

मधेस बन्दले व्यापारीको उठिबास

२४ मंसिर, लहान । सिरहाको मिर्चैया बजारमा एक वर्षअघि ‘महाराजा होटल’ खुल्यो। होटल खोल्ने व्यक्ति सर्वसाधारण थिए। होटलले ग्राहकको मन जित्दै गयो। लगानी र कारोबार बढ्दै थियो। अचानक अनिश्चितकालीन आमहडताल सुरु भयो जसले महाराजा होटल सधैंका लागि बन्द गरिदियो।
madesh banda2 ‘हडताल आज टुंगिएला, भोलि टुंगिएला भनेर आशा गर्दै कुर्यौं , तर टुंगिएन,’ नाम सार्वजनिक गर्न नचाहने उनले भने, ‘यति लामो बन्दको थपेको आर्थिक भार थाम्न सकिनँ। होटल सधैंका लागि बन्द गरेको १५ दिन भयो।’ उनले होटलका फर्निचर बिक्री गरिसकेका छन्। ‘मेरो सपना भत्के पनि अरू मधेसीको सपना नभत्कियोस्,’ उनले भने। अब बन्द खुलेर मधेसको अवस्था सामान्य बनेपछि अर्को व्यवसाय गरेर गुजारा चलाउने उनले बताएको नागरिकमा खबर छ। साढे तीन महिनाभन्दा लामो मधेस आन्दोलनको मारमा पर्ने उनी प्रतिनिधि पात्र हुन्। उनीजस्तै थुप्रै व्यवसायीको बिल्लीबाठ भएको छ। धेरैले व्यवसाय सधैंका लागि नै बन्द गरेका छन्। पानबारीका सन्तोष यादवले छोराछोरी पढाउन भनेर दुई वर्षअगाडि मिर्चैयामा डेरा बसी ‘जेनेरल स्टोर’ खोलेका थिए। उनको व्यापार राम्रै चलेको थियो।
छोराछोरी पढाउने खर्च पसलले धानेको थियो। तर, मधेसकेन्द्रित दलले नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै मधेसमा अनिश्चितकालीन आमहडताल गरेपछि उनको व्यापार चौपट भएको छ। ‘व्यापार बन्द गरेको महिनादिन भयो, बन्द खुल्ने निश्चित नभएकाले खर्चको भार थेग्न नसकेर पसल बन्द गरेको छु,’ यादवले भने, ‘सानो र खुद्रा व्यापारीमा लामो बन्दको मार थेग्ने सामर्थ्य हुँदैन।’ 

कोई टिप्पणी नहीं: