गुरुवार, 10 दिसंबर 2015

हाराहाङ समूहमा जबरजस्ति बालबालिकाको प्रयोग भएको खुलासा

रविन भट्टराई २४ मंसिर, ताप्लेजुङ । ताप्लेजुङलाई केन्द्र बनाएर पूर्वी पहाडी जिल्लामा सशस्त्र भूमिगत गतिविधि गर्दै आएको देउमान लिम्बु (हाराहाङ) समुहले बालबालीकालाई पनि जबरजस्ति आफ्नो समुहमा प्रयोग गर्ने गरेको पाईएको छ । सो समुहमा आबद्ध एक बालकले आत्मसमर्पण गरेको र पक्राउ परेकी दुर्गा लिम्बु पनि बालीका रहेको पुष्ठि भएसँगै सो समुहले बालबालीकालाई प्रयोग गर्ने गरेको खुलासा भएको हो । केहि दिन अघि प्रहरी समक्ष सो समुह परित्याग गरी आत्मसमर्पण गर्ने सान्थाक्रा गाविस घर भई इलाम चुलाचुली बस्दै आएका जब्बरसिँह भनिने वीरेन लिम्बू १३ बर्षका र धरानबाट पक्राउ परेकी हाङदेवा गाविसकी दुर्गा लिम्बू पनि १६ बर्षभन्दा कम उमेरकी रहेको स्वास्थ्य परीक्षणबाट खुलेको ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी शान्तिराज कोईरालाले जानकारी दिए ।
 दुर्गा नाबालिका रहेकोले उनको संरक्षण आफुले गर्न पाउनु पर्ने भन्दै उनका आफन्तले गरेको अपिलमाथि सुनुवाई गर्दै जिल्ला अदालतले उनको उमेर परीक्षण गरी प्रतिबेदन पेश गर्न ताप्लेजुङ प्रहरीका नाममा आदेश दिएको थियो । दुर्गालाई सो समुहबाट भागेर धरान स्थित दिदीको घरमा बसेको अबस्थामा प्रहरीले पक्राउ गरेको थियो भने वीरेनले सशस्त्र समूहबाट भागेर प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए । बीरेन अलैंची टिप्न ताप्लेजुङस्थित लिङखिम गाविस आएका बखत २४ दिन हाराहाङ समूहले अपहरण गरी सशस्त्र समूहमा आबद्ध गराएको प्रहरीलाई बयान दिएका छन् । देउमान लिम्बु (हाराहाङ) लाई एक दर्जन भन्दा बढी अपराधिक घटनाका फरार अभियुक्त भएको बताउने प्रहरीले ‘मष्ट वान्टेड’ सुचिमा राखेर खोजी कार्य जारी राखेको छ ।  

कोई टिप्पणी नहीं: