वैद्यपक्षद्वारा राजिनामा माग-काठमाडौं, कात्तिक ६ (नागरिक)- भारतको चार दिने औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री बाबुराम भट्टराईले द्विपक्षीय लगानी प्रवर्द्धन एवं संरक्षण (बिपा) सम्झौता राष्ट्र हितमा भएको दाबी गरेका छन्। काठमाडौं विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सम्झौतासँगै नेपाल-भारत सम्बन्धमा नयाँ आयाम थपिएको उल्लेख गरे।
आफ्नो भ्रमण सफल रहेको भन्दै प्रधानमन्त्रीले भने-'नेपाल-भारत सम्बन्ध विस्तारमा नयाँ आयामको पूर्वाधार तयार भएको छ। त्यसैले यो भ्रमण महत्त्वपूर्ण र सफल भएको छ।' भ्रमण दुई देशबीच रहेका संशय घटाइ विश्वासको वातारण तयार पार्न महत्वपूर्ण सावित रहेको उनले बताए। भने- 'दुई देशका प्रधानमन्त्री बसेर खुलेरै कुरा गरेका छौं। यसले हाम्रो सम्बन्धमा विश्वासिलो आधार तयार भयो। यो महत्त्वपूर्ण छ। यसले नयाँ उचाई प्राप्त हुन्छ भन्ने विश्वास लिएको छु।'
भारतसँग भएको बिपा सम्झौता बारे नेपालमा उठेका विरोधको आवाजलाई सम्बोधन गर्दै प्रधानमन्त्री भट्टराईले भारत भ्रमणकाक्रममा भएको सो सम्झौता राष्ट्रहितमै भएकाले शंका नगर्न आग्रह गरे । 'राष्ट्रिय हितलाई ध्यान राखेर नै सम्झौता गरिएको हो। यसलाई अन्यथा लिनु हुँदैन।'
वैद्यपक्षद्वारा राजिनामा माग-
त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल उत्रिए लगत्तै भट्टराईले पत्रकार सम्मेलन गरेका थिए। बिपा सम्झौताको विरोधमा उनलाई मोहन वैद्य पक्षले विमानस्थलको मुख्य द्वारमा कालो झन्डा देखाएर प्रधानमन्त्रीको राजिनामा मागेको छ।
त्रिभुवन विमानस्थलबाट निस्कने क्रममा प्रधानमन्त्रीलाई कालो झन्डा देखाउन वैद्य पक्ष समर्थित १५ जनवर्गीय संगठनका कार्यकर्ता मुख्यद्वार नजिकै जम्मा भएका थिए। यसअघि बसेको १५ बटा जनबर्गिय संगठनका बैद्य पक्षीय नेताहरुको बैठकले बिपा राष्ट्रघाती भएको ठहर गर्दै प्रधानमन्त्री भट्टराईलाई कालो झन्डा देखाउने निर्णय गरेको थियो।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें