काठमाडौ, ६ कार्तिक। नेपाल विद्यार्थी सङ्घले शान्ति प्रक्रिया र संविधान निर्माणका लागि तिहार लगत्तै मेची-महाकाली अभियान गर्ने भएको छ। नेविसङ्घले आइतबार पत्रकारसम्मेलन गरि शान्ति र संविधान लेखन कार्य आगामी मङ्सिर १४ मा पूरा गर्नका लागि जनदबाब सिर्जना गर्नका लागि उक्त अभियान गर्न लागेको जनाएको हो। अभियान सञ्चालन गर्नका लागि सङ्घले देउसी भैलो कार्यक्रमको आयोजना गरी आर्थिक सङ्कलन गरी तिहार पर्व सकिने बित्तिकै मेची-महाकाली अभियान सुरु गर्न लागेको सङ्घका उपाध्यक्ष नयनसिंह महरले बताउनुभयो।
नेपाली काँग्रेस पार्टीको भातृ सङ्गठनका रुपमा रहेको विद्यार्थी संघ खारेज गर्ने भनेर विद्यार्थी सङ्गठनलाई आधिकारिक जानकारी नगराएकाले अध्यक्ष प्रदीप पौडेलले अध्यक्ष पदबाट राजीनामा दिए पनि बाँकी कार्यसमितिले क्रियाशील भएर सङ्गठनको क्रियाकलाप अघि बढाउने सङ्गठनले बताएको छ। मातृ पार्टी नेपाली काँग्रेससँग छलफल गरी छिट्टै संघको महाधिवेशन गरेर सङ्गठनलाई पूर्णता दिनेसमेत उपाध्यक्ष महरले बताउनुभयो। रासस
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें