भरतपुर, कार्तिक ६ - माओवादीका महासचिव रामबहादुर थापाले पार्टी अध्यक्ष पुष्पकमल दाहालको भारतीय गुप्तचर संस्था 'रअ'सित सम्बन्ध रहेको खुलासा गरेका छन् । उसकै निर्देशन बमोजिम सेनामा समायोजन हुने लडाकुको संख्या घटाएको आरोप उनले लगाए ।
भरपतुरस्थित पार्टी कार्यालयमा आइतबार बिहान सञ्चारकर्मीसित कुरा गर्दै महासचिव थापाले २/३ महिना अघि पारिवारिक कामले भन्दै बिराटनगर हुँदै सिलिगुडी पुगेर अध्यक्ष दाहालले भारतीय गुप्तचर संस्था 'रअ'का मान्छेसँग भेटघाट गरेको र उनीहरुकै निर्देशनमा १० हजारको साटो ५ हजार लडाुक समायोजनमा सहमति जनाएको आरोप लगाए ।
प्रधानमन्त्री बाबुराम भट्टराईले जनताको चाहना, पार्टीको निर्णय एवं दलहरुको सहमति विपरीत भारतमा द्विपक्षीय लगानी प्रवर्द्धन एवं संरक्षण (बिपा) सम्झौता गरेको बताउँदै उनले विरोध गरे । पार्टीले यो भ्रमणलाई सदभावना भ्रमण रुपमा लिँदै कुनै पनि विवादास्पद निर्णय नगर्न भने पनि प्रधानमन्त्रीले विवादास्पद निर्णय गरेको उनको भनाइ थियो । सम्झौताबाट भारतले डबल फाइदा लिने उनले ठोकुवा गरे ।
महासचिव थापाले लडाकु कन्टेनरको साँचो बुझाएको विवाद सानो नभइ यो लडाकुको भविष्यसँग जोडिएको र उनीहरुलाई निःशस्त्रीकरण गर्ने तर्फ उन्मुख रहेकोले विवाद बढेको उल्लेख गरे । सेना समायोजन अन्र्तगत १० हजार लडाकुको समायोजन र समूहगत प्रवेश पार्टीको 'बटमलाइन' उनले दाबी गरे ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें