इस्तानबुल (टर्की), कार्तिक ६ - पूर्व टर्कीको भ्यान सहरमा आइतबार ७ दशमलव ७ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भ्यानका मेयर भूकम्पबाट दुई भवनमा क्षति पुगेको प्रारम्भिक जानकारी आएको बताएका छन् ।
भ्यानका मेयर बेकिर कायाले टेलिफोन पूर्णरुपले जाम भएकाले थप मानवीय तथा भौतिक क्षतिको विवरण पाउन नसकेको बताए । अर्को शहर एर्किसका मेयर जुल्पिmकर अर्पोल्गुले भने भूकम्पमा धेरैको मृत्यु भएको हुन सक्ने बताए । 'यहाँ ठूलै विनाश भएको छ,' स्थानीय टेलिभिजनलाई उनले भनेका छन् ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें