रविवार, 23 अक्तूबर 2011

दक्षिण एशियाली आर्थिक सङ्घ स्थापनाको पक्षमा सार्कका महासचिव

काठमाडौँ, ६ कार्तिक। दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कका महासचिव फतिमा धियाना सइदले दक्षिण एसियाको समग्र आर्थिक विकासका निम्ति दक्षिण एसियाली आर्थिक सङ्घ स्थापनालाई सार्कको आगामी सम्मेलनले उच्च प्राथमिकता दिने विश्वास व्यक्त गर्नुभएको छ। दक्षिण एसियामा जनअन्तक्रिया प्रवद्र्धनका लागि सेतु निर्माणु विषयक सार्कस्तरीय कार्यशालाको आज यहाँ उद्घाटन गर्दै उहाँले आगामी महिना माल्दिभ्समा आयोजना हुने सार्कको सत्रौँ शिखर सम्मेलनले सङ्घ स्थापनाका लागि आवश्यक मार्गनिर्देश गर्नुका साथै कार्यादेश दिने आशा व्यक्त गर्नुभयो।
सङ्घ स्थापनाको प्रयास साकार पार्न तथा वित्तीय विषयलाई टुङ्गो लगाएर मार्गचित्र तयार गर्न अन्तर-सरकारी विशेषज्ञ समूहलाई अधिकार दिएको जानकारी दिँदै महासचिव सइदले व्यापार सहजीकरण गुणस्तरमा एकरुपता दोहोरो कर प्रणालीको अन्त्य लगानी प्रवद्र्धन एवम् सुरक्षाका क्षेत्र पहिचान गरी त्यसमा सदस्य मुलुकबाट साझा अवधारणा प्रस्तुत हुनुपर्ने जनाएको बताउनुभयो। दक्षिण एसियाली स्वतन्त्र व्यापार सम्झौताअन्तर्गत महसुल र गैरमहसुलजस्ता विषयले अन्तरक्षेत्रीय व्यापार विस्तारमा बाधा उत्पन्न भएको बताउँदै उहाँले आगामी शिखर सम्मॆलनले सबै व्यवधान हटाउने आशा व्यक्त गर्नुभयो।
सङ्घ स्थापना तथा व्यापार विस्तारका लागि सदस्य मुलुकहरुबीच स्थल जल र हवाईमार्गबाट निर्वाध मानिस तथा मालसामानको आवागमन हुनु अपरिहार्य भएको विचार व्यक्त गर्दै महासचिव सइदले त्यसबाट नै क्षेत्रीय सहयोगको क्षेत्र फराकिलो हुने उल्लेख गर्नुभयो। सार्कका पूर्वमहासचिव नेहाल रोड्रिगोले क्षेत्रीय विकासका साथै सार्कले द्धन्द्ध व्यवस्थापन नियन्त्रण एवम् शान्ति स्थापना वातावरण संरक्षणलगायत आर्थिक उन्नयनका बाधक तत्व निर्मुल पार्नेतर्फ केन्द्रित गर्नुपर्ने स्थिति आइसकेको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा आयोजक संस्थाका निर्देशक निश्चलनाथ पाण्डेले सार्क राष्ट्रका जनताका आकाङ्क्षा र भावना सत्रौँ सम्मेलनमा मुख्य कुराका रुपमा प्रस्तुत गर्न कार्यशाला आयोजना गरिएको बताउनुभयो।
कार्यशालामा सार्कका साथै फिलिपिन्स सिङ्गापुर जर्मनी र बेल्जियमका प्रतिनिधि गरी ४० जनाको सहभागिता छ।

कोई टिप्पणी नहीं: