काठमाडौं, कात्तिक ६ (नागरिक)- उपत्यकामा बढ्दो सवारी चाप कम गर्न मध्य सहरका विभिन्न सडक विस्तार गर्न थालिएको छ। सवारी आउजाउमा समस्या भएको र ट्राफिक जाम बढेको निष्कर्षपछि काठमाडौं महानगरपालिका, सडक विभाग र ट्राफिक प्रहरीको संयुक्त पहलमा शनिबार अव्यवस्थित सडक पेटी र सडकबीचको आइल्यान्ड भत्काइएको छ।कमलादीदेखि कमलपोखरीस्थित कृष्ण पाउरोटीसम्मको सडक थप चार मिटरसम्म फराकिलो बनाइएको छ। सहिदगेट नागथाननजिकको आइल्यान्ड पनि भत्काइएको छ।
'सवारी जाम कम गर्न सडकलाई फराकिलो बनाउन थालेका छौं,' महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जगतमान श्रेष्ठले भने, 'सडकआसपास खेर गएको जग्गा र आइल्यान्ड भत्काएर व्यवस्थित गर्छौं।' खुल्ला जग्गा उपलब्ध नभएका ठाउँमा सडकपेटी र बाटोको भाग छुट्याएर व्यवस्थित गरिने उनले बताए।
सुन्धारा र कमलादीको सडक विस्तारले सो क्षेत्रमा सवारी आउजाउ सहज हुने ुनको दाबी छ। सडक विस्तारका क्रममा यसअघि तीनकुने, मिनभवनलगायत क्षेत्रमा लेन छुट्याउने गरी सडकबीच बनाइएका आइल्यान्ड भत्काइसकिएको छ।
काठमाडौं महानगरपालिकाले भने सडक विस्तारसँग फुटपाथसमेत व्यवस्थित हुने दाबी गरेको छ। 'खेर गएको ठाउँ प्रयोग गर्न मात्र नभई फुटपाथलाई व्यवस्थित गर्नसमेत यो अभियान थालिएको हो,' महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले भने, 'खेर गएका ठाउँलाई सडकमा गाभ्छौं र बगैंचाहरूलाई साघुँरो बनाउँदै लैजान्छौं।'
अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य प्रवेशद्वारअगाडि व्यवस्थित पार्किङस्थल बनाउने तयारी भइरहेकोसमेत उनले जानकारी दिए।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें