परासी, कार्तिक ६ - तस्करीको काठसहित नेकपा माओवादी (मातृका) समूहका कार्यकर्ता पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय नवलपुरले नेकपा माओवादी मातृका समूहका कार्यकर्ता अमूल्य क्षेत्री सहित चार जनालाई पक्राउ गरेका हुन् ।
पक्राउ अमूल्य क्षेत्री गोर्खा घर भई नवलपरासीको दिव्यपुरी ७ निवासी हुन् । उनीसंगै उनका सहयोगी प्रगतिनगर १ निवासी राजेन्द्र सुनार, रजहर १ निवासी वसन्त भुर्तेल र दिव्यपुरी ७ निवासी नारायण भण्डारी रहेका छन् ।
उनीहरुबाट १६ क्यूफिट सालको काठ बरामद गरिएको र बरामद काठ इलाका वन कार्यालय कावासोतीको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मुकुन्द मरासिनीले बताए ।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें