काठमाडौं,१ कार्तिक। विश्व बैंकले रानी जमरा कुलरिया सिँचाइ परियोजनामा पहिलो चरणको आधुनिकीकरणका लागि नेपाललाई रु तीन अर्ब ३० करोड सहयोग गर्ने भएको छ। अर्थ मन्त्रालयका सचिव कृष्णहरि बाँस्कोटा र विश्व बैंकका आवासीय प्रतिनिधि इलोन गाल्डस्टेनबीच उक्त सहयोग सम्बन्धी सम्झौता पत्रमा मंगलबार अर्थ मन्त्रालयमा हस्ताक्षर भएको हो।
रकममध्ये रु एक अर्ब ८० करोड ऋण सहयोग र बाँकी रु एक अर्ब ५० करोड अनुदान सहयोग रहेको छ। चौध हजार ३०० हेक्टर सिँचाइ गर्ने क्षमता रहेको उक्त परियोजनाको इनटेक फिडर र शाखा नहरको विस्तार गरी दिगो कृषि उत्पादन वृद्धि गर्ने लक्ष्य रहेको छ। सिँचाइ मन्त्रालय र विश्व बैंकद्धारा संयुक्त रुपमा परियोजनाको कार्यान्वयन अघि बढाइने र आगामी सन् २०१६ सम्ममा सो परियोजना पूरा गर्ने लक्ष्य राखिएको छ।
कार्यक्रममा सचिव बाँस्कोटाले नेपालको आर्थिक र सामाजिक विकासमा सहयोग पुर् याएकामा नेपाल सरकारको तर्फबाट विश्व बैंकप्रति आभार व्यक्त गर्नुभयो।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें