बैतडी,१ कार्तिक। सुदूरपश्चिमका नौवटा जिल्लामा एचआइभीको सङ्क्रमण तीव्ररुपमा वृद्धि भएको एक तथ्याङ्कले देखाएको छ। क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिम एचआइभीको उच्च जोखिममा परेको देखिएको छ। दिन प्रतिदिन सङ्क्रमितहरु बढ्दै गएकाले सुदूरपश्चिमका पहाडी जिल्लाहरु अत्यन्तै जोखिममा रहेको क्षेत्रीय निर्देशक महेन्द्र श्रेष्ठले बताउनुभयो।
उहाँका अनुसार सुदूरपश्चिममा हालसम्म एचआइभी सङ्क्रमितको सङ्ख्या पाँच हजारभन्दा बढी पुगिसकेको छ। सुदूरपश्चिममा सबैभन्दा बढी कैलालीमा दुई हजार सङ्क्रमित देखिएका छन्।अछाममा एक हजार १५०, डोटीमा ८००, काचनपुर ३५०, डडेल्धुरामा ८०, बैतडीमा ७०, बाजुरामा ५५, बझाङमा ६० र दार्चुलामा ५० जना एचआइभी सङ्क्रमित देखापरेका क्षेत्रीय निर्देशक श्रेष्ठले जानकारी दिनुभयो।
देशभरि १७ हजार एचआइभी सङ्क्रमित रहेको तथ्याङ्क सार्वजनिक भएको बेला सुदूरपश्चिममा मात्रै पाँच हजारभन्दा बढी सङ्क्रमित देखिएका छन्। देशकै ३० प्रतिशतभन्दा बढी सुदूरपश्चिममा एचआइभी सङ्क्रमित देखिएका निर्देशनालयले जनाएको छ। क्षेत्रीय निर्देशक महेन्द्र श्रेष्ठले रगत चेकजाँच गराएकाहरुको तथ्याङ्क मात्रै भएको बताउनुभयो। उहाँले भारतीय सहरमा रोजगारका लागि आवतजावत गर्नेहरुमध्ये अधिकांशमा एचआइभीको सङ्क्रमण भएको देखिएको बताउनुभयो। सुदूरपश्चिमा दुई हजारजति सङ्क्रमितले ज्यान गुमाइसकेको बताइएको छ।
निर्देशनालयका अनुसार सङ्क्रमितमा महिला बढी देखिएका छन्। डोटीमा ३१० जना पुरुष र ४६० जना महिला छन्। कुल सङ्क्रमितमध्ये डोटीका २४० जनाले मात्रै एआरटी औषधि सेवन गरिरहेको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ। डोटीमा १४ वर्षमुनिका ५२ जना बालबालिकामा समेत एचआइभी सङ्क्रमण देखिएको छ। सङ्क्रमित बालबालिकामध्ये १८ जना बालिका र ३४ बालक रहेका छन्। सात वर्षमा डोटी जिल्लामा एचआइभी सङ्क्रमणका कारण ३६ पुरुष र ४५ महिलाले ज्यान गुमाइसकेका छन्।
समाजको डर र लाजका कारण सुदूरपश्चिम क्षेत्रका अधिकांश मानिसले आफूलाई एचआइभी एड्सको सङ्क्रमण भएको बारेमा खुलेर नभन्ने गरेकाले क्षेत्रीय स्वास्थ्य निर्देशनालयका एचआइभी शाखाका प्रमुख दयाकृष्ण पन्तले बताउनुभयो।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें