मंगलवार, 18 अक्टूबर 2011

वीरगन्ज भन्सारमा कम्प्युटर पड्‍कँदा एक प्रहरीको मृत्यु

दुई प्रहरी सामान्य घाइते-उपेन्द्र लामिछाने, वीरगन्ज, कात्तिक १- वीरगन्ज भन्सार कार्यालयको हातामा रहेको सशस्त्र प्रहरीको राजस्व भन्सार सुरक्षा बेसको सञ्चार कक्षमा आज बिहान कम्प्युटर पडकँदा एक प्रहरीको मृत्यु भएको छ। विस्फोटमा दुई प्रहरी सामान्य घाइते भएका छन्।
विस्फोटमा गम्भीर घाइते भएका बर्दिया घर भएका २८ वर्षीय हवल्दार केदार काफ्लेको वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक विष्णु उप्रेतिले नागरिकन्युजलाई बताए। घटनामा असई राम लामा र सई हरिकृष्ण खड्का सामान्य घाइते भएका छन्।

कम्प्युटर पडकिएको सञ्चार कक्षको जस्ताको छानासमेत भत्किएको छ। प्रहरीले भोल्टगार्ड नभएकोले उच्च करेन्ट प्रवाह हुँदा कम्प्युटर पडकिएको अनुमान गरेको छ।

बिहान १० बजेर ५ मिनेट जाँदा कम्प्युटर पड्‍‍किएको थियो।

कोई टिप्पणी नहीं: