मंगलवार, 18 अक्टूबर 2011

यौन कृयाकलापमा संलग्न एक जोडी पक्राउ

तानसेन,१ कात्तिक । यौन कृयाकलापमा संलग्न भएकाले एक जोडीलाई प्रहरीले रङ्गेहात पक्राउ गरेको छ। तानसेनको बनदेवी भन्ने स्थानमा यौनसम्पर्क गरिरहेका बेला प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा जिल्लाको चापपानी गाविस-९ घर भई हाल तानसेन बसेर क्याम्पस अध्ययन गर्दै आएका २१ वर्षीय युवा र मस्याम गाविस-६ घर भई हाल तानसेन बसी अध्ययन गर्दै आएकी १९ वर्षीया युवती रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द थपलियाले जनाउनुभएको छ । रासस

कोई टिप्पणी नहीं: