आज निर्णय गरिने-ललितपुर, कात्तिक १- विवादास्पद अभिव्यक्ति दिएका रक्षामन्त्री शरत्सिंह भण्डारीलाई मन्त्रीबाट फिर्ता बोलाउने वा नबोलाउने भन्ने विषयमा निर्णय गर्न सोमबार बसेको मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) को राजनीतिक समितिको बैठक बिनानिष्कर्ष सकिएको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आठ घनटासम्म बसेको बैठकमा मन्त्री भण्डारीको राजिनामाका सम्बन्धमा व्यापक छलफल भए पनि राजिनामाका सम्बन्धमा राजनीतिक समिति सदस्यबीच मत बाझिएपछि कुनै टुङ्गो लगाउन नसकिएको हो।
बैठकमा अधिकांश सदस्यले राजिनामा आउनुपर्ने धारणा राखे पनि भण्डारी पक्षधर सदस्यले राजिनामा दिन नहुने अडान लिएपछि सहमति हुन नसकेको बुझिएको छ। बैठकमा १९ जना राजनीतिक सदस्यमध्ये १५ जनामात्र उपस्थित थिए।
बैठकमा पार्टीका वरिष्ठ नेता भण्डारीको दिएको अभिव्यक्तिको शब्द-शब्दमाथि राजनीतिक समितिका सदस्यबीच छलफल भए पनि कुनै निर्णय हुन नसकेको पार्टीका महासचिव जितेन्द्रदेवले सञ्चारकर्मीलाई जानकारी दिए।
उनले मन्त्री भण्डारीको राजिनामाका सम्बन्धमा गठबन्धन सरकारको प्रमुख घटक एमाओवादी र संयुक्त लोकतान्त्रिक मधेसवादी मोर्चाका बाँकी घटकसँग समेत छलफल गरी मङ्गलबार आधिकारिक निर्णय गरिने बताए।
महासचिव देवले भने- आफ्नै गठबन्धनको प्रमुख दल एमाओवादीसँग केही विषयमा गम्भीर कुरा गर्छौँ र मोर्चाका बाँकी घटकसँग पनि छलफल गरेर बिहान ११ बजेपछि बस्ने बैठकबाट ठोस निर्णय गर्छौँ।
एमाओवादीसँग के कुरामा छलफल गर्नुहुन्छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा महासचिव देवले सार्वजनिक सञ्चारमाध्यममा दिएका अभिव्यक्तिप्रति एमाओवादी संसदीय बोर्डले गरेको निर्णय, अग्रगामी गठबन्धनलाई जोगाउने मुख्य जिम्मेवारी एमाओवादीको भएकाले उसले निर्वाह गर्नुपर्ने जिम्मेवारी, चारबुँदे सहमति र शान्ति र संविधानका बारेमा एमाओवादीसँग स्पष्ट आधिकारिक धारणा माग गरिने बताए।
उनले भने-मङ्गलबारको बैठकले चामत्कारिक निर्णय लिएर राजनीतिमा ब्रेक थ्रु गरिन्छ, जुन निर्णयले अवरुद्ध संसद सुचारु गराई अहिलेको गठबन्धनलाई बलियो बनाउनाको साथै अन्य प्रतिपक्षी दललाई समेत सरकारमा सामेल गराउने वातावरण सिर्जना गर्छ। रासस

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें