नेपालगन्ज, कार्तिक १ - नेपाल प्रहरीको अत्यधिक खोजी रहेको सिकन्दर खांलाई भारती प्रहरीले पक्राउ गरी जेल चलान गरेको छ । बांकेकोमा विभिन्न ब्यक्तिको हत्या,अपहरण, बम विस्फोट र चन्दा असुली जस्तो आपराधिक गतिविधिमा संलग्न खां आफ्ना अन्य दुई सहयोगी सहित पक्राउ परेका हुन् ।
सिमावाट करिब २० किलोमिटर दक्षिण नवावगंजमा पक्राउ परेका खांलाई हातहतियार तथा अपहरण उद्योगमा भारतीय प्रहरीले वहराइच जेल चलान गरेको छ । बांके रनियापुर ५ बस्ने सिकन्दर तीन दिन अघि आरिफ र मेराज नामका अन्य साथी सहित पक्राउ परेका हुन् । भारतीय प्रहरीले उनलाई हतियार सहित पक्राउ गरेको जनाएको छ ।
भारतीय सिमा क्षेत्रमा बसेर पश्चिम तराईमा हिंसात्मक गतिविधि संचालन गर्दै आएका सिकन्दरले २०६३ सालमा बेतहनीका माताप्रसाद कुर्मीको हत्या गरेको नेपाल प्रहरीले जनाएको छ ।
मधेस आन्दोलनमा लागेका कुर्मीको हत्या संगै नेपालगन्जका दुई विद्यार्थीको अपहरण र हत्यामा समेत सिकन्दरको संलग्नता रहेको प्रहरी दावी छ । सुरुमा ज्वालासिंह समुहका सदस्य रहेका सिकन्दर अहिले तराई जनतान्त्रिक पार्टी मधेसको थारुवान अवध क्षेत्रको पश्चिम कमाण्ड हुन् ।
सिकन्दर कार्यरत भुमिगत समूहको अध्यक्ष मुकेश चौधरी हुन् । उनीहरुले बांके, वर्दिया क्षेत्रमा अपराधिक संजाल विस्तार गर्ने तयारी गरिरहेका बेला सिकन्दर भारतमा पक्राउ परेक हुन् ।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें