भैरहवा, कार्तिक १ - लागूऔषध ओसारपसार अभियोगमा दुई वर्षअघि प्रहरीले पक्राउ गरेको चक्रे मिलन गुरुङलाई पाँच वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना गराउने रुपन्देही जिल्ला अदालतले सोमबार फैसला गरेको छ ।
न्यायाधीश बालेन्द्र रुपाखेतीको इजलाशले उक्त फैसला गरेको हो । गोर्खा छोप्राक-५ घर भई काठमाडौं महानगरपालिका-३ बस्ने गुरुङलाई २०६६ असार २८ गते भैरहवाको बसपार्कस्थित होटेल अशोकाबाट प्रहरीले पक्राउ गरेको थियो । उनीसँगै पक्राउ परेका काठमाडौं महानगरपालिका-१२ का राजु महर्जनलाई १ महिना १५ दिनको कैदको फैसला भएको छ ।
गुरुङ बसेको होटेलको कोठामा खानतलासी गरी प्रहरीले १० ग्राम ९० मिलिग्राम लागूऔषध ब्राउन सुगर, नेपाली १ हजार रुपैयाँको नोट २७ थान, ५ सय दरका १ थान, १ सय दरको ६ थान, २० को १ थान, २ को २ थान, भारु १ सयको १ सय २५ थान गरी कुल २८ हजार १ सय २४ रुपैयाँ, १ सय ५ युएस डलर, राहदानी, सवारी अनुमतिपत्र बरामद भएको जनाउँदै कारबाही अगाडि बढाएको थियो ।
पक्राउ परेको केही दिनदेखि गुरुङ भैरहवास्थित जिल्ला कारागारबाट पुर्पक्षका लागि काठमाडौंस्थित केन्द्रीय कारागारमा छन् । उनीमाथिको अभियोगमा सरकारी वकिलद्वारा पेस भएको अभियोगपत्र माग दाबीबमोजिम सजाय गर्ने गरी फैसला भएको अदालतका कर्मचारीले बताए ।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें