दिल्ल्ी १ कार्तिक । दोस्रो एक दिवसीय कि्रकेटमा पनि सानदार विजय हासिल गर्दै भारतले इङ्गल्याण्डमाथि दवाव बढाएको छ । भारतको राजधानी दिल्लीमा गएराति सम्पन्न खेलमा भारत ८ विकेटले विजयी भएको हो । टस जितेर पहिले ब्याटिङ्ग गरेको इङ्गल्याण्डले ४८ ओभर २ बलमा अलआउट हुँदै २ सय ३७ रन बनायो । केभिन पिटरसनले सर्वाधिक ४६ रन बनाएको इनिङ्गलाई ध्वस्त पार्ने क्रममा विनय कुमारले सर्वाधिक ४ विकेट लिए । जवाफमा भारतले विराट कोहली र गम्भीरको उत्कृष्ठ साझेदारीले ३६ ओभर ४ बलमै २ विकेट गुमाएर विजय हासिल गर्यो । तेस्रो विकेटका लागि दुई सय नौ रनको अविजित साझेदारी गर्ने क्रममा कोहलीले एक सय १२ रन जोडे भने गम्भीरले ८४ रन बनाए । यो जितसंगै पाँच खेलको श्रृंखलामा भारतले २ ः ० ले अगाडि भएको छ । भारत क्लिनस्वीपतर्फ अगाडि बढेको छ । तेस्रो खेल मोहालीमा बिहीबार हुनेछ ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें