खाँदबारी, कार्तिक १ - कालो अरिङगलले चिलेर संखुवासभाको मांतेवामा कांग्रेस गाँउ अध्यक्षको ज्यान गएको छ । घाँस काट्न जादा अरिङगलको गोलोले चिलेर मांतेवा गाबिस ६ मुल गाँउमा अध्यक्ष बौदमान राईको मंगलबार बिहान ज्यान गएको हो । सोमबार साँझ ६ वजे अरिङगलको पुरै गोलोले उनलाई चिलेको थियो । अचेत अवस्थामा भेटिएका राईको जीउ भरी अरिङगलको खिल भेटिएको थियो ।
स्थानीय स्वास्थ्य चौकी गाँउवाट टाढा भएकाले उपचारका लागि लैजान नसकिएको स्थानीय सन्तोस राईले बताए । उनले भने, सदरमुकाम स्थित जिल्ला अस्पताल लैजान पनि १ दिन लाग्ने भएकाले उपचार गर्न सकिएन । गाँउमै भएको स्वास्थ्य केन्द्र पनि ४ घण्टा टाढा छ, त्यही भएर कतै लैजान पाईएन ।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें