मंगलवार, 18 अक्टूबर 2011

प्रधानमन्त्रीको भारत भ्रमणमा ६ मन्त्रीसहित ३४ जनाको डफ्फा

काठमाडौं १ कार्तिक । प्रधानमन्त्री डा बाबुराम भट्टराईको भारत भ्र्रमणमा साथसाथै ६ मन्त्री पनि जाने भएका छन् । बिहीबारदेखि हुने भ्रमणमा उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ संचार मन्त्री जयप्रकाश प्रसाद गुप्ता भौतिक योजना तथा निर्माण मन्त्री हृदयेश त्रिपाठी िसंचाई मन्त्री महेन्द्र यादव उद्योग मन्त्री अनिल शाह र अर्थ मन्त्री वर्षमान पुन अनन्त रहने छन् । ३४ सदस्यीय भ्रमणको डफ्फामा मुख्य सचिव माधवप्रसाद घिमिरेलगायत रहने छन् । प्रधानमन्त्री भट्टराईले जानुअघि विज्ञहरुससंग सुझाव संकलन गर्नुभएको छ । विशेषगरी विद्युत ब्यापार सम्झौतामा प्रस्ताव गरिने बुझिएको छ ।

कोई टिप्पणी नहीं: