कतार, कात्तिक १ (नागरिक)- नेपाली भाषा तथा साहित्यलाई माया गर्नेहरुको विश्वव्यापी सञ्जाल अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कतार शाखाको अध्यक्षमा पाँचथरे साहित्यकार हेमन्त परदेशी सर्वसम्मत चयन भएका छन्।
शुक्रबार दोहाको टप फर्म रेस्टुरेन्टमा सम्पन्न समाजको तेस्रो साधारण सभाले परदेशीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो।
नवगठित कार्यसमितिको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः तीर्थ संगम राई, सागर अजनवी दिलिप अविरल र इन्दु गिरी चयन भएका छन्। विभिन्न साहित्यिक र सामाजिक संस्थामा काम गरिरहेका अतृप्त कमल, अविरल यात्री, राजेश रुम्बा, सन्तोस सगुन, इन्द्रमणि नेपाल र दीपक भेटवाल सदस्यमा चयन भएका छन्।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें