बुधवार, 19 अक्टूबर 2011

एक इजरेली सैनिकको बदला एक हजार प्यालष्टेनी बन्दी रिहा गर्ने क्रम शुरु

इजरायल कार्तिक २, प्यालेष्टाईनको हमास र ईजरेल सरकारवीच भएको सम्झौता बमोजिम ईजरेली एक सैनिकको बदला एक हजार प्यालेष्टिनी बन्दी रिहा गर्ने क्रम शुरु भएको छ । इजरायल सरकार र प्यालेष्टेनी लडाकु समुह हमासबीच इजरेली सैनिक गिलाद सलित रिहा गरेबापत १ हजार प्यालेष्टेनी बन्दी रिहा गर्ने सम्झौता भएको छ । यस क्रममा कम्तिमा ५ सय प्यालेष्टाइनी बन्दीलाई इजरायलले रिहा गर्न सुरु गरिसकेको छ ।
इजरेली सैनिक गिलादलाई प्यालेटेनी लडाकु समुह हमासले सन् २००६ मा नियन्त्रणमा लिएको थियो । इजरेलल हमासबीच भएको कैदी आदानप्रदान सम्झौतालाई इजरेलको सर्वोच्च अदालतले स्वीकार गरेको छ । पहिलो चरणमा ५ सय बन्दीको रिहाइ गरेपनि बाँकीको रिहाइ भने २ महिनाबीचमा गरिने बताइएको छ । इजरेलि सैनिक गिलाद पनि आजै रिहा हुन सक्ने बीबीसीले जनाएको छ । इजरायलले आफ्ना १ सैनिकको बदला ठूलो संख्यामा प्यालेष्टेनीहरुलाई रिहा गर्ने क्रम सुरुगरेकाले हमास र इजरायलबीचको तनावमा कमी आउने अपेक्षा गरिएको छ ।

(डिसीनेपाल डटकम संवाददाता ) 

कोई टिप्पणी नहीं: