दीपक दाहाल, काठमाडौं, कात्तिक २- इन्फ्लाइटिसका बिरामीको मस्तिष्कमा हुने रक्तचाप घटाउन प्रयोग गरिने भारतीय कम्पनीद्वारा उत्पादित सलाइनमा कालो लेदो भेटिएको छ। राजधानीको वीर अस्पतालअगाडिको गणेश फर्माले बेचेको भारतीय कम्पनी टेबलेट इन्डिया लिमिटेडको मेन्निटोल इजेक्सन आइपीमा लेदो भेटिएको हो।
बिरामीका आफन्तले दिएको उजुरीको आधारमा औषधी व्यवस्था विभागले मंगलबार फर्माबाट सलाइनको बोतल जफत गरेको छ। गम्भीर रोगमा दिइने सलाइनमा 'यति धेरै' लेदो भेटिनु गम्भीर लापारबाही भएको विभागका कर्मचारीले बताएका छन्।
वीर अस्पताल भर्ना भएका बिरामीलाई सलाइन दिने बेलामा नर्सले लेदो देखेपछि तुरुन्त बिरामीका आफन्तले विभागमा खबर गरेेका थिए। 'नर्सले नदेखेका भए, लेदोयुक्त यो सलाइनले ज्यानै लिन सक्थ्यो,' विभागका औषधी निरीक्षक श्याम अधिकारीले भने, 'नहेरीकन बेच्नु औषधी बिक्रेताको दोष हो।' जापानीज इन्सेफ्लाइटिस, टाउको वा मस्तिष्कका समस्यामा रक्तचाप घटाएर पिसाब गराउन यो सलाइन प्रयोग गरिन्छ।
फर्मा सञ्चालकले रातिको समयमा सलाइन दिइएकोले त्रुटि भएको स्वीकार गरेका छन्। 'आइतबार राति २ बजेतिर सलाइन किन्न आएका रहेछन्, त्यसबेला कर्मचारी निद्रामा थिए होलान्, राम्रोसँग नहेर्दा त्रुटि भयो,' फर्मा सञ्चालक सुदीप श्रेष्ठले भने, 'यस्तो सलाइन उत्पादन गर्ने कम्पनी नै मुख्य दोषी हो।' औषधि बिक्रेतालाई बुधबार विभागले बोलाएको छ। टेबलेट इन्डिया लिमिटेडको उक्त लटका सबै सलाइन जफत गर्न नेपालस्थित बिक्रेतालाई निर्देशन दिइने विभागले जनाएको छ।
उत्पादनका क्रममा पानी कमसल भएकाले सलाइनमा लेदो देखिएको हुनसक्ने निरीक्षक अधिकारीले बताए। अधिकारीले भने, 'सिसाको बोतलमा भएको भए सलाइन भन्डारणमा त्रुटि भयो कि भन्न सकिन्थ्या, सलाइनको सिल बन्द छ, 'एक्सपायर' हुन अझै तीन वर्ष बाँकी छ।'
'टिबिआइ ओडि टु' ब्याचको उक्त सलाइन नेपालमा यतिकेम नामक वितरकले बाँडेको हो। एउटा ब्याचमा १० देखि २० हजारसम्म सलाइन उत्पादन गरिन्छ। 'भन्डारण तथा सिल लिक भएर संक्रमण नभएको पक्का भएपछि लटमै डिफेक्ट भएको हुनसक्छ,' अधिकारीले भने।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें