नयाँ दिल्ली, ५ कार्तिक। नेपालका प्रधानमन्त्री डा बाबुराम भट्टराई र भारतीय प्रधानमन्त्री डा. मनमोहन सिहवीच शुक्रवार भएको बार्तापछि सम्झौता हुन नसकेको दोहोरो कर खारेजी सम्बन्धी सम्झौता एक साता भित्र हुने भएको छ। नेपालका अर्थमन्त्री वर्षामान पुन र भारतीय अर्थमन्त्री प्रणव मुखर्जीवीच आज भएको भेटवार्ताको क्रममा एक साता भित्र सम्पूर्ण तयारी पुरा गरेर भारतीय अर्थमन्त्री नेपाल आउने र त्यही सो सम्झौता हुने जानकारी दिइएको छ।
क्याविनेटले पास नगरेको कारण देखाउँदै भारतले हिजो सम्झौता नगर्ने जनाएको थियो। भेटमा मुखर्जीले नेपालको आर्थिक विकासमा भारतले सबै खाले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्दै कर खारेजी सम्झौता गर्न भारतलाई कुनै आपत्ति नरहेको स्पष्ट पार्नुभएको थियो।अर्थमन्त्री पुनले वीपा सम्झौता राष्ट्रबादी भएको भन्दै यसको विरोध गर्नुको कुनै औचित्य नरहेको बताउनुभयो। उहाँले यो सम्झौता पनि नेपालको आर्थिक विकासको ढोका खुलेको र अब यहि सरकारले नेपालमा जारी शान्ति र सविधानको जिम्मेवारी पनि पुरा गर्ने दृढता ब्यक्त गर्नुभयो।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें