काठमाडौँ,५ कार्तिक। कुमारी पूजा समिति काठमाडौं महानगरपालिका वडा नम्बर १९ ले शनिबार नेवारी परम्परा अनुसार बेलविवाह नगरेका बालिकाको पूजा आयोजना गरेको छ। समितिले प्रत्येक वर्ष दशैं तिहारबीचको शनिवारका दिन बालकुमारीको पूजा आयोजना गर्दै आएको छ। यसरी कुमारी पूजा गर्नाले बालिकाहरु निरोगी हुने धार्मिक मान्यता छ। यस पूजाको सुरुवात नेवारी समूदायबाट भएता पनि अरु समूदायको पनि सहभागीता रहने गरेको छ। यो वर्ष १ सय ८ कुमारीहरुको पूजा गरिएको छ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें