अर्जुन सुवेदी, काठमाडौं, कात्तिक ५- घन्टाघरजत्तिकै ८५ फिट अग्लो टावर र त्यससँगैको प्यागोडाले विश्वभर नेपालको राजदरबारका रूपमा चिनिँदै आएको नारायणहिटी संग्रहालय चुहिने भएको छ। छानाबाट पानी चुहिन थालेपछि संग्रहालयभित्र राखिएका महत्वपूर्ण कागजात बिग्रिएका र कोठाका भित्ता मखिएका छन्।
'पानी चुहिएपछि त्यसलाई मर्मत गर्ने अनेक प्रयास थाल्यौं,' संग्रहालयका सूचना अधिकृत रोहित ढुंगानाले नागरिकसँग भने 'पानी पसेर डोल्पा बैठक कक्षको गलैंचै कुहियो।'
पानीका कारण नारायणहिटीको नक्सा, लालपुर्जा लगायत दरबारका महत्वपूर्ण कागजात कामै नलाग्ने भएका छन्।
'भित्र पानी पसेपछि नक्सालगायत कागजात कुहिए,' ढुंगानाले भने 'नक्सै कुहिएपछि के आधारमा जिर्णोद्धार गर्ने?'
पुराना नक्सालगायत कागजात कुहिएपछि विद्युत अवरोध हुँदा र कोठा मर्मतसम्भार गर्ने बेला समस्या परेको उनको भनाइ छ।तत्कालीन राजा महेन्द्रको अग्रसरतामा झन्डै १० वर्ष लगाएर २०२८ सालमा निर्माण सम्पन्न भएको नारायणयहटी केही वर्ष अघिसम्म मुलुककै सुविधासम्पन्न भवन मानिए पनि विस्तारै त्यसको आकर्षण घट्दै गएको छ। पानी चुहिएका कारण भवनमा लेउ र झार उम्रिएको छ।
राणा प्रधानमन्त्री जंगबहादुरले भाइ रणद्वीपको सम्झनामा बनाएको भवनसमेत ढल्ने अवस्थामा पुगेको छ। 'राम्रोसँग मर्मत सम्भार गर्नुपर्यो भन्दै अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोग धायौं,' ढुंगानाले भने, 'नारायणहिटी दरबार पनि चुहिन्छ र भन्दै विश्वासै गरेनन्।'
संग्रहालयका पूर्वप्रमुख जयराम महर्जनले गत वर्ष मर्मतसम्भार गरे पनि पानी चुहिन नथामिएको सुनाए। 'पानी चुहिएर त्यहाँका सामान बिग्रेपछि गत वर्ष केही पैसा खर्चेर मर्मतसम्भार गर्यौं,' महर्जनले भने, 'तैपनि धनुषा कक्षमा पानी रसाउन बन्द भएन।' छानाबाट मात्र नभएर मार्बलको भित्रबाट समेत पानी पस्ने उनले बताए।
तत्कालीन राजदरबारको रुपमा रहेको नारायणहिटी स्याहारसुसार र मर्मतसम्भारको अभावमा बिग्रँदै गएको महर्जनले बताए। 'पहिले राजा बस्दा समयमै मर्मतसम्भार र रेखदेख हुन्थ्यो,' महर्जनले भने, 'संग्रहालय बनाइएपछि बजेट दिनै छाडियो।'
रणद्वीप भवन झनै जीर्ण अवस्थामा पुगेकाले त्यसलाई जिर्णोद्धार गरेर सर्वसाधारणका लागि खुला राख्न सकिने उनको भनाइ छ। 'नारायणहिटी हेर्न दिनमा २५ सय जनासम्म आउँछन्,' उनले भने, 'दरबारको संरक्षणमा सरकारले बजेट छुट्याएर विशेष प्राथमिकता दिनुपर्ने हो।'
नारायणहिटीको नक्सांकनदेखि निर्माण हुने बेलासम्म साइट इन्जिनियरका रुपमा काम गरेका इन्जिनियर शंकरनाथ रिमालका अनुसार यो भवन पूर्णतया कंक्रिटले बनेको छ। 'त्यहाँ बनेका सामान जुनसुकै देशका भए पनि, कला जहाँसुकैको भए पनि भवन कंक्रिटको हो,' रिमालले भने, 'समय समयमा मर्मतसम्भार नभएपछि बिग्रिएको हुनसक्छ।'
आधुनिक नारायणहिटीको डिजाइन पूर्व अमेरिकी राष्ट्रपति जेम्स पोकका पनाति आर्किटेक्ट बेन्जामिनले गरेका हुन्। तत्कालीन राजा महेन्द्रले नेपाली सामग्री प्रयोग गरेर भवन निर्माण गर्ने इच्छा राखे पनि सबै सामग्री नपुगेपछि त्यहाँ नेपालमै बनेको इँटा मात्रै प्रयोग गरिएको रिमालले जानकारी दिए।
'मैले ताजमहलै बनाए पनि नेपालीले प्रशंसा गर्दैनन्, त्यसैले स्वदेशी सामान प्रयोग गरेर दरबार बनाउन सकिँदैन बाजे,' भवन निर्माणअघि महेन्द्रले आफूलाई भनेको रिमालले सुनाए।
त्यहाँ प्रयोग गरिएको कंक्रिटमा बेलाबेलामा पेन्टिङ गरेर भवनलाई सुरक्षित राख्न सकिने उनको भनाइ छ। 'संग्रहालय बनेपछि सरकारले वास्ता गर्नै छाडेको छ,' रिमालले भने, 'अहिले विभिन्न प्रविधिको विकास भइसकेको छ, सरकारले चाहेमा त्यति धेरै ठूलो समस्या होइन।'
संस्कृति मन्त्रालयका सहसचिव जयराम श्रेष्ठले नारायणहिटी संग्रहालयबारे मन्त्रालयलाई कुनै जानकारी नभएको बताए। 'यो समस्याबारे अहिलेसम्म हामीलाई जानकारी छैन,' श्रेष्ठले भने, 'के भएको हो, बुझ्छु।'
कुल ७ सय ५३ रोपनी क्षेत्रफलमा फैलिएको नारायणहिटी क्षेत्रभित्र १ सय २५ रोपनी दरबारले मात्रै ओगटेको छ।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें