काठमाडौ , कार्तिक ५ -भक्तपुरमा मुख्य सडक जोड्ने चार वटा पुल बन्ने भएका छन् । डिभिजन सडक कार्यालय भक्तपुरले यसवर्ष जिल्लाका मुख्य सडक जोड्ने चार वटा पुल बनाउने काम शुरुगर्ने भएको हो ।
चाँगुनारायणबाट काठमाडौंको साँखु र चाँगुबाट काठमाण्डुको ईन्द्रायणी जोडने मनोहरा पुल बनाउने काम शुरु भएको कार्यालयका प्रमुख कर्णबहादुर रानाभाटले बताए ।
२५ मिटर लम्बाईको दुई लेनको चाँगु–साँखु पुल बनेपछि चाहविल,गोकर्ण लगायतका क्षेत्रमा आवतजावत गर्न सजिलो हुने स्थानियवासिन्दाले बताएका छन् ।
६० मिटर लम्बाई रहेको चाँगु–ईन्द्रायणी पुल निर्माण भए ईन्द्रायणी,डाँछी लगायतका बासिन्दा लाभान्वित हुने डिभिजन सडक कार्यालयले जनाएको छ । चाँगु–साँखु पुल एकवर्ष भित्र र चाँगु–ईन्द्रायणी पुल दुईवर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको कार्यालय प्रमुख रानाभाटको भनाई छ ।
यस्तै, भक्तपुरको दधिकोट गाविस र थिमी नगरपालिका जोडने हनुमन्ते पुल र भक्तपुर नगरपालिका र ताथली गाविस जोडने ताथली नाला सडकको हनुमन्ते पुल निर्माण पनि यसै आर्थिक वर्षमा शुरु हुनेछ।
यस्तै, भक्तपुरको दधिकोट गाविस र थिमी नगरपालिका जोडने हनुमन्ते पुल र भक्तपुर नगरपालिका र ताथली गाविस जोडने ताथली नाला सडकको हनुमन्ते पुल निर्माण पनि यसै आर्थिक वर्षमा शुरु हुनेछ।
(डिसीनेपाल डटकम संवादाता)
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें