शनिवार, 22 अक्टूबर 2011

मंसिर १४ भित्र पनि संविधान नबने नेताहरु नालायक

कार्तिक ५ - नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नोपलले मंसिर १४ भित्र पनि संविधान नबने जनताले नेताहरुलाई नालायक भन्ने बताएका छन् । काठमाडौँ सहयोगी नगरमा सृजना विकास समूहले गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले तोकिएको २ वर्षको अवधिमा संविधान नदिएकाले जनताले अहिले नै असक्षम भनिरहेको बताए । 'फेरि संविधान नबने कुन मुख लिएर म्याद थप्न जाने' उनले भने ।
उनले शान्ति प्रक्रियामा दलहरुबीच कुरा मिलिनसकेको संकेत समेत गरेका छन् । नेपालले शान्ति प्रक्रियामा बढेको सकारात्मक पक्ष पनि अल्मलिएको भन्दै ग्रह शान्ति गराउनुपर्ने भन्दै व्यंग्य गरे ।

(डिसीनेपाल डटकम संवादाता)

कोई टिप्पणी नहीं: