उपेन्द्र लामिछाने, बारा, कात्तिक ५- अमलेखगन्जस्थित कृषि सामग्री संस्थानको गोदाममा रहेको करिब ५० टन विषादि आजबाट हटाउन थालिएको छ। जर्मनी संस्था जिआइजेडले यसरी विषादि हटाउने काम थालेको हो। उसले यो विषादि जर्मनी लगेर नष्ट गर्ने जनाइएको छ। संस्थानले २०३३ सालतिरै कीटनाशक औषधी बनाउन ल्याएको यो विषादि त्यत्तिकै थन्किएको थियो। जसले गर्दा नजिकैको विद्यालय तथा बस्तीलाई असर परेको थियो। कहीँ कतै फ्याँक्न नमिल्ने भएकाले उक्त विषादि त्यत्तिकै थियो।
यसपछि नेपालगन्ज, पोखरा, काठमाडौंलगायत् ठाउँमा रहेका करिब ७५ टन विषादि पनि यसैगरी उठाउने जानकारी उसले दिएको छ।
यसपछि नेपालगन्ज, पोखरा, काठमाडौंलगायत् ठाउँमा रहेका करिब ७५ टन विषादि पनि यसैगरी उठाउने जानकारी उसले दिएको छ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें