भद्रपुर, असोज ३० - गुडिरहेको यात्रुवाहक बसले आज मध्याह्न एक मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार युवतीको मृत्यु भएको छ। ताप्लेजुङ जिल्लाको त्रिलोके-९ बस्ने १८ वर्षीया मोनिता थेबेको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। दमक नगरपालिका-१० स्थित सगरमाथा पेट्रोल पम्प नजिक को१ख १८०३ नम्बरको बसले बा१०प २५८३ नम्बरको मोटरसाइकलको पछाडिको भागमा ठक्कर दिएको थियो। सोही मोटरसाइकलको पछाडि बसेकी थेवेको मृत्यु भएको हो।मोटरसाइकलका चालक शिवरात्री लिम्बुलाई सामान्य चोट लागेको छ। -रासस
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें