सोमवार, 17 अक्टूबर 2011

एसएसबीले नेपालीका घर भत्काए

महेन्द्रनगर, आश्विन ३० - भारतको केन्द्रीय अर्धसैनिक सुरक्षा बल एसएसबीको टोलीले सोमबार दिउँसो कन्चनपुरको भीमदत्त नगरपालिका-११ भूजेलाको सीमा क्षेत्रमा रहेका नेपालीका तीन घर भत्काएको छ ।
दिउँसो ३०/३५ जनाको संख्यामा हतियारसहित आएका एसएसबीको टोलीले भूजेलाका कल्याण लोहार, उचित पाल र भक्तबहादुर रानाको घर भत्काएका हुन् । यी घरहरु नेपाल भारत सीमाको ७ र ८ नम्वर पिलरको बीच भागमा थिए ।
कन्चनपुरका प्रहरी प्रमुख दीलिप चौधरीका अनुसार भारतीय सुरक्षाकर्मीले नेपाली पक्षलाई जानकारीनै नदिइ एकतर्फी ढंगबाट यी घरहरु भत्काएका हुन् । 'हामीले यो घटनालाई गम्भीरतापूर्वक लिएका छौं,' उनले भने, 'यसै विषयमा छलफल गर्न जिल्ला सुरक्षा समितिको बैठक बसिरहेको छ ।'

कोई टिप्पणी नहीं: