सोमवार, 17 अक्टूबर 2011

भारततर्फ लैजान लागिएका चार बालकको प्रहरीद्वारा उद्दार

महेश्वरचामलिङ राई, उदयपुर, असोज ३०- चार जना बालकलाई भारततर्फ लान लागेको अवस्थामा फेला पारी सिरहा प्रहरीले शनिबार उद्दार गरेर घर फर्काएको छ। उदयुरको पश्चिमी गाविस तावाश्रीका १३ वर्षीय देवबहादुर तामाङ, अनिल परियार, १४ वर्षीय अर्जुन परियार र श्यामकुमार तामाङलाई प्रहरीले उद्दार गरेको हो।
इलाका प्रहरी कार्यालय कटारीका अनुसार राम्रो काममा लगाइदिने प्रलोभन दिँदै तावाश्री ७ का ६३ वर्षीय अजितमान तामा, तावाश्री ९ का ३५ वर्षीय पिऊर परियार र २८ वर्षीय तेजबहादुर परियारले आफूहरुलाई भारत लान लागेको बालकले बताएका थिए।

घर फर्काइएका बालकलाई उदयपुरको इप्रका कटारीबाट रिस्कु प्रहरी चौकी हुँदै आइतबार घर पुर्‍याइएको प्रहरीले जनाएको छ।

कोई टिप्पणी नहीं: