संखुवासभा, ३० असोज। संखुवासभामा अज्ञात समूहले आइतबार राति धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या गरेको छ। जिल्लाको स्यावुन गाविस-१ रिजालपाटीकी राममाया राईको खुकुरी प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ।
घरको सिकुवामा सुतिरहेका बेला राईमाथि कुखुरी प्रहार भएको र उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। सदरमुकाम खाँदबारीबाट पैदल ५ घण्टाको दुरीमा पर्ने घटनास्थलमा अनुसन्धानका लागि प्रहरी परिचालन गरिएको संखुवासभा प्रहरीका निमित्त प्रमुख महेन्द्र कार्कीले जानकारी दिनुभयो। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बताइएको छ।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें