दिलीप पौडेल, बाग्लुङ,असोज ३०- रक्सी खाएर होहल्ला गरेको अवस्थामा झैझगडा मिलाउन गएका प्रहरीमाथि आक्रमण गर्ने पाँचजना विरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरेको छ। प्रहरी जवान दिपेन्द्रनाथ शुक्ला र मुकेश हरिजनमाथि खुकुरीसहित घरेलु हतियार प्रयोग गरी आक्रमण गर्ने विरुद्ध जिल्ला अदालत,बाग्लुङमा सोमबार मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ।
आक्रमणमा संलग्न बाग्लुङ नगरपालिका-३ गुठीका सन्तोष नेपाली , उनकी आमा लक्ष्मी, साथी शेरबहादुर गुरुङ , रुकेश परियार र गंगा गुरुङ विरुद्ध मुद्दा चलाएको प्रहरी नायव उपरिक्षक उमा प्रसाद चतुर्वेदीले बताए।
'सुरक्षामा खटिएका प्रहरीमाथिनै आक्रमण भएकोले ज्यान मार्ने उद्योगमा मुद्दा चलाएका हौँ,' चतुर्वेदीले भने,'नागरिकको सुरक्षा गर्न खटिएका प्रहरीमाथि आक्रमण गर्नेले अरुलाई के गर्लान्।'
प्रहरीले छ जनालाइ पक्राउ गर्न गरेको भएपनि नेपालीकी बहिनी जमुनाविरुद्ध भने मुद्दा दायर गरेको छैन। शनिवार राती नेपालीको घरमा भएको झगडा मिलाउन गएका प्रहरीमाथि खुकुरी प्रहार गर्दा दुई प्रहरी घाइते भएका थिए। घाइतेको धौलागिरी अञ्चल अस्पतालमा उपचार भैरहेको छ।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें