शनिवार, 29 अक्तूबर 2011

विदेशी पूँजीले नेपाललाई कंगालमात्र बनाइरहेको प्रचण्डको विष्लेषण

धनगढी १२ कार्तिक । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वदेशी पूँजीको संरक्षण र परिचालन नभएसम्म विदेशी पूँजी भित्र्याउन खोज्नुको कुनै अर्थ नरहेको बताउनुभएको छ । कैलाली उद्योग वाणिज्य संघले धनगढीमा आज गरेको कार्यक्रममा प्रचण्डले विदेशी पूँजीले मुलुकलाई कंगाल मात्र बनाउने चेतावनी दिनुभयो । हालै भारतसँग गरिएको बिपा सम्झौतातर्फ इंगित गर्दै प्रचण्डले देशभित्र वातावरण नबनेसम्म कुनै पनि सम्झौताले मात्र विकास गर्न नसक्ने बताउनुभयो । अर्को प्रसंगमा प्रचण्डले संक्रमणकाल अन्तिम चरणमा पुगेकाले अब चाहेर पनि यसलाई लम्ब्याउन नसकिने प्रष्ट गर्नुभयो । पर्याप्त सम्भावना हुँदाहुँदै पनि राज्यको उपेक्षा र उत्पीडनका कारण सुदूरपश्चिम क्षेत्र पछाडि परेको भन्दै प्रचण्डले गणतन्त्रपछि पनि सुदूरपश्चिमका समस्या सम्बोधन हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

कोई टिप्पणी नहीं: