शनिवार, 29 अक्तूबर 2011

काँग्रेसको नेतृत्वमा चुनावी सरकार बन्नुपर्ने कोइरालाको माग

काठमाडौं १२ कार्तिक । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले माओवादी र एमालेको सरकारको हबिगत जनताले देखिसकेकाले अब कांग्रेसको नेतृत्वमा चुनावी सरकार बन्नुपर्ने माग गर्नुभएको छ । ईमेज च्यानल टेलिभिजनसंग शनिबार कुरा गर्दै कोइरालाले भट्टराई नेतृत्वको सरकारले पनि मंसीर १४ भित्र शान्ति र संविधान टुंग्ााेमा पुर् याउन नसक्ने दावी गर्नुभयो । उहाँले अब मुखले मात्र गम्भीर लचिलो र इमान्दार भनेर भाषण गर्ने माओवादीलाई कसैले विश्वास गर्न नसक्ने प्रष्ट गर्नुभयो । माओवादीको आन्तरिक कलहले गर्दा शान्ति प्रकि्रया प्रभावित भएको भन्दै उहाँले काँग्रेसले दलहरुसँग गम्भीर वार्ता थाल्ने जानकारी दिनुभयो । पार्टीभित्र नेता शेरबहादुर देउवाले लगाएको तानाशाहीको आरोपमा भने को तानाशाही हो र होइन भन्ने मूल्याकंन कार्यकर्ताले गरेको भन्दै जीवनभर प्रजातन्त्र र तानाशाहीबिरुद्ध लडेको व्यक्ति कसरी तानशाही हुनसक्छ कोइरालाको प्रतिप्रश्न छ । देउवाले जिल्ला सभापतिको भेला गर्न लागेकोबारे पत्रपत्रिकामा मात्र पढेको भन्दै कोइरालाले बिधि अनुसार चल्ने पार्टीमा कस्ाले के भने भनेर कुनै अर्थ नराख्ने र कसैले धम्क्याउदैमा आफु नडराउने पनि स्पष्ट पार्नुभयो ।

कोई टिप्पणी नहीं: