काठमाडौं, कार्तिक १२ - प्रधानमन्त्री बाबुराम भट्टराईले शनिबार बिहान माओवादी उपाध्यक्ष मोहन वैद्यसँग छलफल गरेका छन् । वैद्य निवासमा भएको छलफल सेना समायोजन र शान्ति प्रक्रिया अगाडि बढाउने विषयमा केन्द्रित थियो ।
भेटमा वैद्य पक्षले राखेको मधेसवादी दलसँग सरकार निर्माण गर्दा भएको चार बुँदे सहमति खारेज र भारतसँग भएको बिपा सम्झौता खारेजको विषयमा छलफल भएको स्रोतले जनाएको छ । प्रधानमन्त्रीले दुवै विषयमा वैद्यलाई मनाउने प्रयास गरेका थिए ।
लडाकु कन्टेनरको साँचो सेना समायोजन विशेष समितिलाई बुझाएपछि प्रधानमन्त्रीसँग टाढिएको वैद्य पक्षले बिपा सम्झौताको विरोधमा प्रर्दशन गरेको थियो ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें