काठमाडौं, कात्तिक १२- बजारमा विभिन्न सुविधासँगै सेकेन्ड ह्यान्ड मोबाइलको बजार फस्टाउँदै गएको छ। बजार प्रतिस्पर्धासँगै मोबाइल कम्पनीहरुले सस्तो मूल्यमा विभिन्न डिजाइन र फङ्सन भएका मोबाइल निकाल्ने र मोबाइल किन्नेक्रम बढेपछि सेकेन्ड ह्यान्डका मोबाइलको बिक्री बढेको हो।
त्यहीअनुरुप विद्यार्थी, जग्गा दलाल, कर्मचारीलगायत अन्य व्यक्तिहरु नयाँ मोबाइलका लागि पुरानो मोबाइल बेच्न थालेपछि सेकेन्ड ह्यान्ड मोबाइल पसल फस्टाएको व्यापारीहरु बताउँछन्।
प्रायः विद्यार्थी, जग्गा दलाल र कर्मचारीहरुले मोबाइल बेच्न आउने गर्छन्- चक्रपथस्थित कृष्ण इलेकट्रोनिक्स बिक्री तथा मर्मत केन्द्रका सञ्चालक, कृष्ण श्रेष्ठले भने "पुरानो मोबाइल उचित मूल्यमा बेचेर नयाँ सेट पनि सस्तोमा नै पाइने भएकाले मोबाइल बेच्न आउनेको सङ्ख्या धेरै नै हुन्छ।"
सामान्य वर्गका व्यक्तिहरुले नयाँनयाँ डिजाइनका मोबाइल चलाउन पैसा हुँदैन्, त्यस वर्गका लागि पसलले धेरै सहयोग गरेको श्रेष्ठले बताए।
उनले मासिक ३०-४० वटासम्म सेकेन्ड ह्यान्ड मोबाइल सेट रु. एक हजारदेखि रु. पाँच हजार सम्ममा बेच्ने गरेको बताउँदै उक्त मोबाइल सेटमा ६ महिना सम्म वारेन्टी दिएर बेच्ने गरेको जानकारी दिए।
त्यसैगरी न्युरोडस्थित ओम मोबाइल सेन्टर (सेल्स एन्ड इक्सचेन्ज) का धनेश्वरी मैनालीको भनाइ पनि उस्तै रहेको छ, पैसा नभएका व्यक्तिहरुले सस्तोमा मोबाइल सेट खोज्न आउने गरेका उनले बताए।
उनका अनुसार मासिक ८० वटा सम्म सेकेन्ड ह्यान्ड मोबाइल सेट बेच्ने गरिएको छ। मैनालीले बेचेको मोबाइल एक हप्तासम्म वारेन्टी दिने गरेको बताए।
प्रायः विद्यार्थी तथा अन्य वर्गका व्यक्तिहरुले मोबाइल बेच्न आउने गरेकाले खरिद गर्दा वारेन्टी कार्ड तथा किनेको बिल ल्याएमा मात्र लिने गरेको उनले जानकारी दिए।
राजधानीको न्युरोड, चाबहिल, बागबजार, चक्रपथलगायत क्षेत्रमा सेकेन्ड ह्यान्ड सेटको मुख्य व्यापार गर्ने क्षेत्र मानिन्छ।
सेकेन्ड ह्यान्ड मोबाइलको बजार फस्टाउँदै गएकाले हाल राजधानीमा मात्र लगभग १०० वटा पसल रहेको व्यापारीको भनाइ छ।
हाल बजारमा नोकिया, सोनी इरिसन, स्यामसुङ्, मोटररोला, भोडा फोन, एलजीलगायत सेकेन्ड ह्यान्ड मोबाइल सेट पाइन्छ।- रासस

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें